१२ मंसिर २०८१ बुधबार
image/svg+xml

फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने

मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली फुटबल टोलीका खेलाडीलाई कान्तिपुर होलिडेजले पाँच दिने दुबई टुर गराउने भएको छ। नेपाली फुटबल खेलका इतिहासमा नयाँ आरम्भको सुरुवात गर्न सफल फुटबल खेलाडीलाई प्रोत्साहन स्वरुप कान्तिपुर होलिडेजले दुबई टुरको आयोजना गर्ने जानकारी दिएको हो ।

एएफसी कप विजेता फुटबल टोलीलाई नगर परिक्रमा गराइने

एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइने भएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७-९ विमानबाट ८:३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गर्दैछ।

इतिहास लेख्न आतुर नेपाली फुटबल

नेपाली फुटबल इतिहास लेखनको चरणमा छ । राष्ट्रिय फुटबलको सर्वोच्च निकायले यसै महिना पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयन ग¥यो । गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अवको पालो हो ।

टान फुटबलको उपाधि प्रगतिशीललाई

प्रगतिशील युबा क्लबले ओखलढुंगाको बरुणेश्वरमा आयोजना गरेको तेस्रो टान शहिद स्मारक फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। बिहीबार दिउसो भएको फाइनलमा प्रगतिशीलले रुम्जाटार युनाइटेड क्लबलाइ टाईब्रेकरमा ५–३ ले पराजित गर्‍यो। प्रगतिशीलका गोलकिपर रेवती मगरले रुम्जाटारको दुइ पेनाल्टी बचाएका थिए।

ग्रिसमा सबै खेल घरेलु फुटबल प्रतियोगीतामा रोक

ग्रिसमा आफ्नो देशभित्र हुने सबै खाले फुटबल प्रतियोगीतामा रोक लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय संचार माध्यमका अनुसार ग्रिसको रेफ्री संघका अध्यक्ष जिरागोस विकासको घरमा अज्ञात व्यक्तिले आगजनी गरेको र सरकारले यसको छानबिन गर्नुपर्ने माग राख्दै सबै खाले घरेलु प्रतियोगीतामा रोक लगाइएको जनाएका छन्।

सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ ।

विकास रनिङ सिल्ड फुटबलको उपाधिसंकटा क्लबलाई

निराजन खड्काले ह्याट्रिक गर्दा काठमाडौंको संकटा क्लबले नारायणगढमा जारी १२ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। क्याम्पाचौरमा आइतबार भएको फाइनल खेलमा संकटाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि तीन शुन्य गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

परिवर्तनको संघारमा नेपाली फुटबल

नेपाली फुटबल परिवर्तनमुखी दिशामा छ । देशभित्रको फुटबलको सर्वोच्च निकायले दुई दशकयता पहिलोपटक नयाँ नेतृत्व पाएको छ । साताको सुरुआतमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्रलालश्रेष्ठ निर्वाचित भएका छन् ।

फुटबलमा नयाँ युग

अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभाले सोमबार दुई दशकपछि पहिलो पटक नयाँ नेतृत्व चयन गरेको छ। सधैँ औपचारिकतामा सीमित हुँदै आएको एन्फा साधारणसभामा यसपटक पहिलो पटक वास्तविकरूपमै निर्वाचन हुँदा कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठको नेतृत्वले निरन्तरता पाएको छ।

राष्ट्रिय फुटबल टोली घोषणा, पाँच खेलाडीको पुनरागमन

स्ट्राइकर विमल घर्तीमगरसँगै ५ जनाले पुनरागमन जनाउँदा दीपक गुरुङले पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका छन्।

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि पाँच वर्ष फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाउनुका साथै ८ हजार २ सय पाउण्ड समेत जरिवाना सुनाएको छ।

म्यानचेस्टर सिटीका याया टोउरेद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

म्यानचेस्टर सिटी तथा आइभोरी कोष्टका मिडफिल्डर याया टोउरेले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

अन्तर बैंक फुटबल हुने

नेको इन्सुरेन्स लिमिटेडले असोज १ माएकदिने अन्तरबैंक फुटसल प्रतियोगिता गर्ने भएको छ। सामाखुसी फुटसल कोर्टमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ। चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ। प्रत्येक समूहका शीर्ष दुई टोली अघिल्लो चरण प्रवेश गर्नेछन्।

फुटबल मन पर्दैन मेस्सीपुत्रलाई

र्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीका छोरालाई फुटबल मन पर्दैन । मेस्सी विश्वकै उत्कृष्ट फुटबलर भए पनि उनका तीन वर्षका छोरा थिएगो मेस्सीलाई भने फुटबल मन पर्दैन । मेस्सीले एक अन्तर्वार्ताका क्रममा छोरा थिएगोले फुटबलमा चासो नदिने गरेको बताएका हुन् । धेरैले मेस्सी र रोनाल्डोका छोरा पनि फुटबलर हुने र उनीहरूबीच पनि प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

फुटबल खेलमा पहिलो पटक भिडियो रिप्लेको प्रयोग

बारी —विश्व फुटबलको सर्वोच्च संस्था फिफाले फुटबल खेलमा पहिलो पटक भिडियो रिप्ले प्रविधिको प्रयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्