५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटीका याया टोउरेद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 म्यानचेस्टर–म्यानचेस्टर सिटी तथा आइभोरी कोष्टका मिडफिल्डर याया टोउरेले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

चार पल्ट (२०११, २०१२, २०१३ र २०१४) अफ्रिकन वर्ष खेलाडीके उपाधि जितिसकेका टोउरेले आइभोरी कोष्टबाट १ सय १३ क्याप खेलेका छन् । तीन विश्वकपको फाइलन चरण खेलेका टोउरेले सन्यास लिनु निकै कठिन निर्णय भएको बताए ।

‘यो नोट लेख्नु सम्भवत मेरो जिवनकै सबैभन्दा कठिन खेल हो,’ टोउरेले भने, ‘१४ वर्ष निरन्तर खेले । फुटबलबाट विदा लिनु मेरो लागि सबैभन्दा उपयुक्त समय हो ।’

टोउरे आइभोरी कोस्ट फुटबलमा स्वर्णिम पुस्ताका एक सदस्य हुन् । उनले २००९ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने २०१५ मा आइभोरी कोस्टलाई अफ्रिकन कप अफ नेसनको उपाधि जिताएका थिए । २००४ मा डेब्यू गरेका टोउरे डिडियर ड्रोग्बाको सन्यास पछि आइभोरी कोस्टको कप्तानी सम्हालेका थिए ।

‘मैले बेल्जियम, युक्रेन, ग्रिस, फ्रान्स र स्पेन(जहाँ २००९ बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जिते)हुदै अहिले इङ्ल्यान्डमा छु । जहाँ मेरो खेलले निरन्तरता पाउनेछ,’ ‘मैले मेरो देशका लागि जित्न सके । जुन सबैभन्दा विशेष रह्यो । आइभोरी कोस्टबाट ४ पटक अफ्रिकन गोल्डेन बलको उपाधि जित्नु मेरो लागि गर्वको कुरा हो ।’

२००९ र १० मा स्पेनिस लिगाको उपाधि जितेका टोउरेले २००९ मा कोपा डेल रेको उपाधि उचालेका थिए । उनले सिटीबाट २०११–१२ र २०१३–१४ मा इङ्लिस प्रिमियर लिगको उपाधि जितेका थिए ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App