९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

ग्रिसमा सबै खेल घरेलु फुटबल प्रतियोगीतामा रोक

ग्रिस– ग्रिसमा आफ्नो देशभित्र हुने सबै खाले फुटबल प्रतियोगीतामा रोक लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय संचार माध्यमका अनुसार ग्रिसको रेफ्री संघका अध्यक्ष जिरागोस विकासको घरमा अज्ञात व्यक्तिले आगजनी गरेको र सरकारले यसको छानबिन गर्नुपर्ने माग राख्दै सबै खाले घरेलु प्रतियोगीतामा रोक लगाइएको जनाएका छन्।

दि हेलेनिक फुटबल फेडरेशनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ग्रिसका रेफ्री संघका अध्यक्ष विकासको घरमा आगजनी भएको छ, जबसम्म यस विषयमा निश्पक्ष छानबिन हुँदैन तथा आगलागी गर्ने व्यक्ति र कारणका बारेमा प्रष्ट हुँदैन तबसम्म  तत्काल लागू हुने गरी घरेलु लिग तथा अन्य फुटबल प्रतियोगीतामा रोक लगाइएको छ ।’
आगलागीको समयमा विकास तथा उनका परिवारका अन्य सदस्य भने उक्त घरमा नरहेको र आगलागीबाट कुनै मानवीय क्षति नभएको बताइएको छ।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App