३ मंसिर २०८१ सोमबार
image/svg+xml

शिक्षकको तलब बैंक खातामा

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै निजी बैंकमा जाने प्रबन्ध मिलाएको छ। नेपाल बैंक लिमिटेडबाट चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुन महिनादेखि मासिक रुपमा तलब बुझ्ने भएका छन्। शिक्षकहरुको तलब दुई निजी बैंकमध्ये एकमा जाने व्यवस्था मिलाइएको छ। महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले एनआइसी एसिया र प्रभु बैंकमा तलब पठाइने बताए। उनका अनुसार अब शिक्षकहरुको व्यक्तिगत खातामै तलब जानेछ।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ। तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल रत्नपार्कका शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माविका पूर्वविद्यार्थीले नगद प्रदान गरेका हुन्।

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग

खोटाङ सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेका छन्। गत कात्तिक २३ गते बिहान ३ बजे आगलागीका कारण दिक्तेल रुपाकोट मझुवागढीका शिक्षक कृष्णकुमार श्रेष्ठको घर ध्वस्त भएको थियो। उनको घरसँगै त्यसबेला तीन वटा घर पूर्ण रुपमा जलेका थिए।

रित्तिँदै रोल्पाका विद्यालय

रोल्पाको प्रवेशद्वार खुंग्रीमा रहेको चर्तुभुज प्राविमा अहिले जम्मा १० विद्यार्थी पढ्छन्। कक्षा १ मा तीन, २ मा चार र कक्षा ३ मा तीन विद्यार्थी छन्। यी विद्यार्थी पनि सबै नियमित स्कुल आउँदैनन्। कहिलेकाहीं त दुई÷तीन जना मात्र हुन्छन्।

अपराध न्यूनीकरणका लागि अभिमुखीकरण

रसुवामा सञ्चालित माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गराउने शिक्षक मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा सामाजिक अपराध न्यूनीकरण विषयमा छलफल गर्न सदरमुकाम धुन्चेमा भेला भएका छन्।

स्वागत गर्न लाईनमा बसेकी छात्राको मृत्युबाट के सिक्यौँ ?

बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा गरेको पनि धेरै भयो। विद्यालय शान्ति क्षेत्रको अवधारणा पनि अब पुरानो भइसक्यो। साझेदार निकायसँगको सहकार्यमा सरकारले बालमैत्री विद्यालयको अवधारणा सबैजसो ठाउँमा यसअघि नै कार्यान्वयनमा ल्याएको हो।

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

एसिया कप फुटबलमा आइतबार भारतसँग ४–१ ले पराजित भएपछि थाइल्यान्डले मुख्य प्रशिक्षक मिलोभान राजिभाकलाई बर्खास्त गरेको छ। आफ्नो पहिलो खेलमा थाइल्यान्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो।

शिक्षा आयोगको अपुरो काम

उच्चस्तरीय शिक्षा आयोगले हालै सार्वजनिक गरेको मस्यौदाले शिक्षा क्षेत्रमा अनेकौँ प्रश्नहरू उब्जाएको छ। हुनत प्राज्ञिक सर्वोच्चता विपरीत सरकारले पूर्वमन्त्री, नेता र निजामती कर्मचारीसमेत जम्मा गरेर बनाएको आयोगबाट गुणस्तरीय प्रतिवेदन आउने आशा गरिएको थिएन। परिणाम पनि त्यही निस्कियो। मूलतः मस्यौदा विद्यालय शिक्षकको मनोबल बढाउने दिशामा बढी केन्द्रित भएको देखिन्छ। निःसन्देह यो गतल होइन तर त्यसबाट मात्र देशको शिक्षा जगत् सुधारिने छैन।

चन्द नेतृत्वकाे नेकपा निकट शिक्षक संगठनका एक शिक्षक पक्राउ

रोल्पा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसिलाई पक्राउ गरेको छ। आधारभुत बिद्यालय सल्लीबोटका शिक्षक केसिलाई आइतवार बिद्यालयबाटै पक्राउ गरिएको हो।

शिक्षकको तलब बैंक खातामा

सोलुदूधकुण्ड नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ। यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकैै खातामा जम्मा गर्न सुरु गरेको लेखा अधिकृत योग्यप्रसाद राईले बताए।

बालकथा : निलिमाको नयाँ स्कुल

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो। गाउँमा ६ कक्षा पास गरेपछि निलिमालाई बाबाले सहर लैजानुभयो। आमा पनि सँगै जानुभयो। बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो।

युनाइटेड फर्किए फर्गुसन

मस्तिकघात भएका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा फर्किएका छन्। म्याचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका ओले गनर सोल्सजायरले पूर्वप्रशिक्षक फर्गुसन शनिबार टोलीमा फर्किएको बताए।

‘करारलाई स्थायी गर्नु विश्वविद्यालयको अहितमा’

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का पदाधिकारी उपकुलपति, रेक्टर र रजिष्ट्रारले त्रिविमा अध्यापनरत करार शिक्षकहरुलाई स्वतः स्थायी गराउने लिखित प्रतिबद्धता जनाएपछि चार दिनदेखि अवरुद्ध त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघको चुनाव आइतबार सम्पन्न भएको छ।

विद्यार्थी पिट्ने शिक्षकलाई कारबाही माग

कुटपिटबाट विद्यार्थीको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न राष्ट्रिय जनता पार्टी बाराले माग गरेको छ। राजपाका बारा संयोजक मनोज चौरसियाले बिहीबार विज्ञप्ति निकालेर प्रहरी प्रशासनसँग दोषीलाई कारबारहीको माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्