१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

खोपबिना व्यवसाय असम्भव: पर्यटन व्यवसायी

सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक कार्यक्रम पनि गरे।

पर्यटन व्यवसायी भन्छन्ः व्यवसाय टिकाउन सकस भयो

कोरोना भाइरस संक्रमणको चपेटामा परेका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र निकै नै अप्ठेरो अवस्थाबाट गुज्रेको भन्दै सरकारको साथ नपाए व्यवसाय टिकाउन नसकिने बताएका छन् । पर्यटन क्षेत्र अस्तव्यस्त हुन थालेको भन्दै उनीहरुले चिन्ता जनाएका छन् ।

पर्यटन व्यवसायी भन्छन्ः ऋणको ब्याजदर पाँच प्रतिशत भन्दा कम हुनुपर्छ

बजेट आउने दिन नजिकिँदै जाँदा पर्यटन व्यावसायी पोहोर भन्दा झनै बढी कोरोनाले थलिएका छन् । कोरोनाले निम्त्याएको अहिलेको अनिश्चितता कहिलेसम्म भन्नेमा यकिन छैन । त्यसैले आगामि वर्षको बजेट ल्याउँदा सरकारले पर्यटन क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने व्यवसायीको भनाई छ ।

पाहुनाको बाटो हेर्दै पर्यटन व्यवसायी

विदेशी र घरेलु पर्यटकको प्रमुख गन्तव्य राजधानीको ठमेल क्षेत्र अझै चलायमान हुन सकेको छैन। बाह्य र आन्तरिक पर्यटकको बाक्लो आउजाउ हुने ठमेलको पर्यटन तथा व्यापार, व्यवसाय कोभिड १९ ले लथालिंग अवस्थामा पुगेको थियो। ठमेल आउने पर्यटकमा ८० प्रतिशत बाह्य र बाँकी घरेलु हुने बताइन्छ।

‘अझै दुई वर्ष साँवाब्याज तिर्न सक्दैनौं’

कोरोनाको मारमा परेको भन्दै पर्यटन व्यवसायीले त्यो बेला सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो– पुनर्कर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण। आफ्ना यी मागसम्बोधन हुने गरी मौद्रिक नीति आउँदा व्यवसायी हौसिएका पनि थिए। तर मौद्रिक नीतिले थपिदिएको समयमा पनि ऋणको साँवाब्याज तिर्न सक्ने अवस्था नभएको भन्दै समय थपि दिन व्यवसायीले पुनः आग्रह गरेका छन्।

कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित

नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार सात सय ६२ (५.१ प्रतिशत) थियो।

घान्द्रुकका व्यवसायी भन्छन्: ‘भगवान भरोसा होटल खोल्न सक्दैनौं’

गाउँसम्म न त एम्बुलेन्स आउँछ, न बोकेरै लैजान सकिन्छ, गाउँमै राखेर उपचार गर्न सम्भव छैन ।

काेराेनाका कारण होटल छाड्दै लेकसाइटका व्यवसायी

कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भए पनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए। त्यसले गर्दा बढी मारमा व्यवसायी थिए। माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाइ शून्यमा झरेको थियो। तर, महंगो भाडा छुट गर्नमा घरमुलीले उत्तिसारो चाँसो देखाएनन्।

पोखरेली पर्यटन व्यवसायी पनि साँचो बुझाउने तयारीमा

कोरोना भाइरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन्।

पर्यटन व्यवसायीले भनेः ‘अब हामी पनि चाँबी बुझाउँछौं’

कोरोना भाईरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन् । लामो समयदेखि नोक्सानी खेपेको र अझै कम्तिमा दुईवर्ष व्यवसाय चल्ने अवस्था नरहेकोले व्यवसाय टिकाउनु चुनौतीपूर्ण भएको उनीहरूले बताए ।

भ्रमण वर्ष लक्षित लगानी, बालुवामा पानी !

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने निर्णय तीनवर्ष अघि गरेको थियो । वर्षमा मुस्किलले १० लाख विदेशी पर्यटक भित्रिरहेको बेला सरकारले दोब्बर संख्यामा पाहुना भित्र्याउने घोषणा गर्दा व्यवसायी खुसीले हौसिए । पर्यटन व्यवसायीहरू नेपाल भ्रमण वर्षमा प्रयाप्त पर्यटक आउने भनेर खुसी मात्र भएनन् की सरकारले आव्हान गरे बमोजिम व्यवसायमा लगानी थप्न तयार पनि भए ।

रसुवाका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण होटल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा ठप्प भएको छ । अन्य व्यवसाय जसोतसो चलिरहेको भए पनि होटल तथा पर्यटन व्यवसाय गएको चैत महिनादेखि नै बन्द छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्