१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नाट्य सप्ताहमा विविध नाटक

विद्यालयमा अध्ययनरत बालबालिकाको अभिनय कलामा निखारता ल्याउन काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले प्रत्येक वर्ष आयोजना गर्ने गरेको नाट्य महोत्सवको नयाँ संस्करण ‘नाट्य सप्ताह– २०७६’ सम्पन्न भएको छ।

ठेलो प्रवद्र्धन गर्न प्रतियोगिताको तयारी

ठेलो (छेलो) हान्ने नेपाली समाजको पुरानो परम्परा हो। गाउँघरतिर अझै पनि मेला–महोत्सवमा ठेलो हान्ने प्रतियोगिता आयोजना हुँदै आएको छ। बजार क्षेत्रमा भने खासै परम्परागत यो खेल खेलिएको देखिँदैन।

चुच्चेपाटीमा उद्योग व्यापार, पर्यटन तथा सास्कृतिक महोत्सव

राजधानीको चुच्चेपाटीमा काठमाडौं उद्योग व्यापार, पर्यटन तथा सास्कृतिक महोत्सव २०७६ सञ्चालन गरिएको छ। राष्ट्रिय तामाङ घेदुङ संघले संस्कृति जगेर्ना गर्नको लागि वैशाख १३ गतेदेखि महोत्सव सञ्चालन गरेको हो।

१० दिने व्यापार महोत्सव सुरु

जिल्लाको दक्षिणी क्षेत्र चक्रघट्टा बजारमा१० दिने व्यापार महोत्सव सुरु भएको छ। राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि भन्दै बुधबारबाट आयोजना गरिएको महोत्सवको प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरे।

मञ्चमै कालाेझण्डा देखाएपछि राेकिए प्रधानमन्त्री

तीन तहको सुरक्षा घेराबीच जितगढी किल्ला महोत्सवको उद्घाटन गर्न बुटवल आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। जितगढी महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्न सुरु गरेलगत्तै एक जना व्यक्तिले दर्शक दिर्घाबाट अगाडि बढ्दै कालो झण्डा देखाएका थिए।

शैलुङ क्षेत्रको संरक्षण र संवर्द्धनका लागि महोत्सव

दोलखा र रामेछापका गरी ३ गाउँपालिकाको मुख्य आकर्षणका रुपमा रहेको शैलुङ क्षेत्रको संरक्षण, संवर्द्धन र प्रचारप्रसारका लागि त्यस क्षेत्रमा महोत्सव हुने भएको छ।

यस्तो देखियो चौरी महोत्सव (फोटो फिचर)

समुद्र सतहदेखि ३ हजार ३ सय ४० मीटर उचाई मा रहेको पाँचथरको फालेलुङ गाँउपालिकाको चारराते भन्ने ठाँउमा तेश्रो चौरी महोत्सव सम्पन्न भएको छ। चौरीलाई जोडेर पर्यटन विकास गर्ने प्रतिवद्धता सहित महोत्सव सकिएको हो। भारतसँग सिमाना नजिक भएको महोत्सवमा उलेख्य उपस्थीती थियो।

चौथो बज्रयोगिनी महोत्सव सम्पन्न

बज्रयोगिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजित चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सकिएको छ। शनिबारदेखि सुरु भएको महोत्सव भव्य रुपमा मनाएको हो।

पाकिस्तानमा नेपाली खाद्य महोत्सव

नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेश गरेको सन्दर्भमा पाकिस्तानमा नेपाली खाद्य महोत्सवको आयोजना गरियो। राजधानी इस्लामावाद, आर्थिक नगर कराँची र सांस्कृतिक शहर लाहोरमा आयोजित उक्त महोत्सवमा नेपालको साङ्गीतिक समूह ‘कुटुम्ब’ले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ।

‘सिस्टर्स फर सेल’ उत्कृष्ट

राजधानीमा आइतबार सम्पन्न सातौं संस्करणको ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ मा वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन फिल्म ‘सिस्टर्स फर सेल’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय नन–फिक्सन वृत्तचित्र’कोे अवार्ड जितेको छ।

आलुमय हेम्जा

आमा समूहका झाँकी सडककिनारमा लहरै थिए। झाँकीमा पनि महिलाले आलुको माला लगाए। कोही आलुको माला लगाउँदै किसानी गीतको टुक्का गाउँदै थिए। कोही अर्गानिक कृषिको परिचय दिन उद्यत। किसानले आफैंले फलाएको आलुकै माला लगाए, मुलाको चस्मा अनि केराउ र आलुको मालामा सजिने पनि कम्ती थिएनन्। त्यसले गर्दा थप रौनक बढेको थियो।

देम्बा महोत्सव तयारी पूरा

दोस्रो थोलेदेम्बा महोत्सवको तयारी पूरा भएको छ। ‘दिगो विकास र पर्यटन प्रवर्द्धनका लागि उत्सव, ऐतिहासिक दोस्रो थोलेदेम्बा महोत्सव’ भन्ने मूल नाराका साथ यही चैत २२ र २३ गते ओखलढुंगाको अग्लो डाँडा थोलेदेम्बामा हुने महोत्सवको तयारी पूरा भएको हो।

चौंरी महोत्सवको निम्तो

गुराँस फूल्न थालिसक्यो। बिस्तारै चौंरीगाई हिमालतिर चढ्दै छन्। उच्च पहाडी क्षेत्रमा गोठ पाल्ने संस्कृति रोचक देखिन्छ। बस्तीबाट माथि खर्कमा चौंरी पालिन्छ। डाँडामा चौंरी चरेका देखिन्छन्। दूध, घ्यु र छुर्पीका लागि गोठाला व्यस्त छन्। अचेल गोठलाई पशुपालनका रूपमा मात्र नलिई गोठ संस्कृतिका रूपमा समेत हेर्न थालिएको छ। यसै सन्दर्भमा फेरि फालेलुङ चौरी महोत्सव गरिँदै छ। तेस्रो चौंरी महोत्सव वैशाख १ गतेबाट चार राते (३,३४० मिटर)मा सुरु हुँदै छ।

चौरी महोत्सवको तयारी सुरु

पाँचथरमा चौरी महोत्सवको तयारी सुरु भएको छ। नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौरी महोत्सवका लागि तयारी अघि बढाइएको हो।

पाश्र्व गायनमा नारायणगोपालको छवि

नेपालमा भएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ गायकको पुरस्कार नारायणगोपाललाई दिइने निर्णय भयो। उनलाई ‘कान्छी’ फिल्मको ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति पुरस्कार दिने निर्णय भएको थियो। तर, नारायणगोपालले त्यो पुरस्कार अस्वीकार गरिदिए, उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैमा गीत नगाउने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्