१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

चुच्चेपाटीमा उद्योग व्यापार, पर्यटन तथा सास्कृतिक महोत्सव

राजधानीको चुच्चेपाटीमा काठमाडौं उद्योग व्यापार, पर्यटन तथा सास्कृतिक महोत्सव २०७६ सञ्चालन गरिएको छ। राष्ट्रिय तामाङ घेदुङ संघले संस्कृति जगेर्ना गर्नको लागि वैशाख १३ गतेदेखि महोत्सव सञ्चालन गरेको हो।

घेदुङ संघका महासचिव प्रविन तामाङले तामाङ समुदायको संस्कृति जगेर्ना गर्नको लागि महोत्सवको आयोजना गरिएको बताए। ‘मुख्य तामाङहरुको संस्कृति जगेर्ना गर्न र अन्य जातिहरुको पनि संस्कृति उजागर गर्नको लागि यो महोत्सवको आयोजना  गरेका हौँ,’ उनले भने, ‘यो महोत्सवले जातिको संस्कृति संरक्षण साथै पर्यटन विकासमा टेवा पु-याउने छ।’ महोत्सवमा खेलौना, फेन्सी कपडालगायत स्टल राखिएका छन्। गत शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले महोत्सवको उद्धघाटन गरेका थिए।  वैशाख २२ गतेसम्म चल्न महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहेको छ।

प्रकाशित: २० वैशाख २०७६ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App