१२ मंसिर २०८१ बुधबार
image/svg+xml

१३ औं बिरुवा बजार महोत्सव सुरु

१३ औं बिरुवा बजार महोत्सव बिहीबार सुरु भएको छ। बालकन्या युवा क्लब र समाज कल्याण आमा समुहद्वारा आयोजित महोत्सव अगामी १० गतेसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दीलिपकुमार बगालेले भने, ‘ग्रामीण भेगमा आयोजित मेला–महोत्सवले गाउँ–ठाउँको पहिचान गराउन सफल हुनेछ।’

शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुने भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको पहलमा निकुञ्जसँगको सहकार्यमा चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

जापानी फिल्म महोत्सव हुने

जापानी संस्कृतिको प्रवद्धन गर्दै राजधानी र पोखरामा जापानी फिल्म महोत्सव हुने भएको छ । महोत्सव शुक्रबारदेखि पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु हुँदैछ । महोत्सवको उद्घाटनमा ‘सर्भाइभल फेमली’ नामक फिल्म प्रदर्शन हुनेछ ।

‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलमा

नेपाल–अमेरिका फिल्म महोत्सवमा नेपाली फिल्म ‘बुलबुल’ छनोट भएको छ । महोत्सवको ओपनिङ फिल्मको रूपमा ‘बुलबुल’ प्रदर्शन हुँदैछ।

कर्णाली समृद्धिको कथा

गाउँमा स्थानीय परम्पराअनुसार बिहे हुन्छ। विवाहपछि बुहारी गर्भवती हुन्छिन्। सासु र घरका सदस्यले सबै काममा बुहारीलाई सघाउँछन्।

घरेलु उद्योग महोत्सवमा साढे १५ करोडको कारोबार

१५ करोड चालिस लाख रुपैयाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ। आइतबार दुई करोड ९० लाखको कारोबार भएको थियो भने एक लाख ३५ हजारले अवलोकन गरेका थिए। यसैगरी सोमबार दुई करोड २५ लाखको कारोबार तथा एक लाख ५३ हजारले अवलोकन गरेका छन्।

दुई दिनमा सवा १० करोडको कारोबार

राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । शनिबारसम्म मेला एक लाख ८७ हजारजनाले अवलोकन गरेका छन्।

जातीय घरमा दर्शकको आकर्षण

खरले छाएको पुरानो शैलीको सानो घर । घरको बार्दलीमा राखिएको ढ्याङ्ग्रो, लावा, पिर्कामा सगुनसँगै राखिएको टटेलाको फूल, वरीपरी टाँगिएको लुङ्तर (तोरण), आँगनमा गाडिएको धज्र्यो लगायतका सामाग्रीले त्यो घर तामाङ जातिको हो भन्ने सजिलै चिन्न सकिन्छ।

‘रारा राष्ट्रिय नाटक महोत्सव’मा १३ नाटक

कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’मा १३ नाटक मञ्चन हुने भएका छन्।

प्रतिभा देखाउने अवसर

फागुन ११ गते शनिवार मेरो विद्यालय कैलाली विद्या निकेतन धनगढीको बाइसऔं वार्षिकोत्सवको अवसरमा स्कूल फेट (विद्यालय महोत्सव) मनाइयो। बिहानैदेखि मेरो मनमा उत्सुकता जागिरहेको थियो किनभने मैले त्यो फेटमा विज्ञानसम्बन्धी मोडेलको जिम्मेवारी लिएकी थिएँ। त्यसको अघिल्लो दिन हामी कक्षा ६ देखि १० सम्मका विद्यार्थीले स्कूल फेट हुने स्थान स्कूलकै ग्राउण्डमा पताका लगाएर डेकोरेसन गरेर दुलहीझैं विद्यालयलाई सजाएका थियौं। विद्यालयमा हुने हरेक कार्यक्रममा मलाई सहभागी हुन मन लाग्छ।

नाटकसँगै फोटो प्रदर्शनी

राजधानीमा सोमबारबाट जारी ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९’मा बुधबार चार स्थानमा चार नाटक मञ्चन भए।

मार्सल आर्टस्मा ‘दि ग्राण्डमास्टर’

फिल्ममार्फत नेपाल र चीनको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले राजधानीमा मंगलबारबा सुरु भएको ‘चिनियाँ चलचित्र महोत्सव’मा बुधबार ‘दि ग्राण्डमास्टर’ प्रदर्शन गरियो।

प्रथम नुवाकोट आदिवासी महोत्सव तयारी पूरा

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिसद नुवाकोटले शुक्रबारदेखि २६ गतेसम्म गर्न लागेको प्रथम नुवाकोट आदिवासी महोत्सवको तयारी पूरा भएको छ।

निफमा ‘डाइङ क्यान्डल’ उत्कृष्ट

नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट राजधानीमा भएको ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा फिल्म ‘डाइङ क्यान्डल’ले दुई अवार्ड जितेको छ।

कीर्तिपुरमा बालसाहित्य महोत्सव हुँदै

फागुन १८ गते कीर्तिपुरमा बाल साहित्य महोत्सव हुने भएको छ। कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीको तत्परतामा ‘दोस्रो किर्तिपुर बाल साहित्य महोत्सव २०७५’ हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्