१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मुक्तेश्वरमा कमेडीसँगै नाचगान

सर्लाहीको मूर्तियामा जारी दोस्रो ऐतिहासिक ‘मुक्तेश्वर मूर्तिया महोत्सव’ अन्तर्गत गत शनिबार राष्ट्रियस्तरमा कलाकारहरूले आफ्नो प्रस्तुती दिएका छन्।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३१ देशका फिल्म देखाइने

दोस्रो नेपाल अर्न्तराष्ट्रिय चलचित्र महोत्सवमा ३१ फिल्म देखाइने भएको छ। नेपाल फिल्म तथा कल्चर एकेडेमीले फागुन ९ गते देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गरेको महोत्सवमा ३१ देशको सहभागिता रहेने संस्थाका अध्यक्ष केपी पाठकले बताए।

रंगमञ्चमा हजारौं बालबालिका

दशौं राष्ट्रिय बालनाटक महोत्सवसम्म आइपुग्दा १२० भन्दा बढी नाटकले प्रतिस्पर्धा गरेका छन्। यसरी तीन हजार बढी बालबालिका स्टेजमा उक्लेर अभिनय गर्न सफल भएका छन्। शैली थिएटर ०६५ सालदेखि औपचारिक रूपमा नाट्य क्षेत्रमा सक्रिय छ। मचाहिँ ०५४ देखि अभिनय र निर्देशनमा सक्रिय छु। शैली थिएटर स्थापना भएको वर्ष दिन पुग्नै लाग्दा वार्षिक उत्सवको तयारी हुँदा साथीहरूसँग प्रस्ताव राखें–बालनाटक महोत्सव गरौं।

हात्तीको वनभोज

पुस ११ गते, मध्य मिन पचासको बिहानी। निकै चिसिएको काठमाडौं खाल्डो। सबेरै बाहिर निस्कँदा हड्डीको भित्री भाग समेत कठ्यांग्रेला जस्तो ! घुम्ने आकांक्षा धेरै। डुलुवा बानीले बरालिएको मनले हात्ती महोत्सवमा जान तयार हुँदा जाडोलाई त काँचै पचाइदियो नि।

छोटो समयमा नै संघीयता संस्थागत : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छोटो समयमा नै संघीयता संस्थागत बनेको बताएका छन्। उनले अधिकार माग्ने नाममा कुनै पनि सरकारबीच द्वन्द्व नभएको उल्लेख गर्दै संघीयता कार्यान्वयन भइरहेको बताए। दमकमा बिहीबार बृहत् बाल महोत्सव उद्घाटन गर्दै ओलीले मुलुकले अभूतपूर्व सफलता हासिल गरेको दाबी गरे।

टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सव हुने

सोनाम ल्होछार मूल आयोजक समितिले माघ २१ र २२ गते टुँडिखेलमा तामाङ साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागेको हो।

बाल नाटकमा कुप्रथाका कथाहरू

शैली थिएटरको आयोजनामा राजधानीमा जारी ‘दशौं राष्ट्रिय बाल नाटक महोत्सव’को सातौं दिन सोमबार ब्राइट जोन इन्टरनेसनल स्कूलको नाटक ‘एउटा सपनाको अन्त्य’ मञ्चन भयो। नाटकले एक पात्रको सपनालाई प्रस्तुत गरेको छ।

‘निफ’मा नेपालका १६ फिल्म

पहिलो संस्करण पोखरामा आयोजना गरिएको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल(निफ)’ को दोस्रो संस्करण काठमाडौंमा हुने भएको छ। यसपटकको फेस्टिभलमा ३१ देशका ५९ फिल्म छनौंट भएका छन्। जसमा नेपालका १६ फिल्म छन्।

लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र

माघ तेश्रो साता खोटाङको जालपामा हुने आठौं लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ। अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको हो।

शैलीकाे बाल नाटक महोत्सव

शैली थिएटरले १० औं राष्ट्रिय बाल नाटक महोत्सवको आयोजना गर्दैछ। आगामी माघ ७ देखि सुरु हुने महोत्सवमा राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ।

‘गोरु आफु जुधेर अरुलाई रमाइलो दिन जन्मेको हैन’

गत पुसको मध्यतिर चितवनमा भएको ‘हात्ती महोत्सव’मा हात्ती दौड भयो। हात्तीका छावालाई फूटबल खेलाइए। हात्तीको सौन्दर्य प्रतियोगिता नै भयो। नुवाकोटको तारुका, धादिङलगायतका स्थानमा माघे संक्रान्तीका दिन मंगलबार गोरु जुधाइयो।

केन्दीय योजना केन्द्र बाटै सुचारु गर्न देउवाको सुझाव

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रबाट बनाइएका योजना केन्द्रबाट नै सुचारु गर्न सरकारलाई सुझाव दिएका छन्। जोगबुढाको परशुराम नगरपालिका–५ स्थित महाकाली नदी किनारमा रहेको धार्मिकस्थल परशुराम धाममा धार्मिक पर्यटन महामहोत्सवको उद्घाटन कार्यक्रममा देउवाले उक्त सुझाव दिएका हुन्।

सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महोत्सव

गंगेश्वर महादेव मन्दिरले सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महा–महोत्सव सञ्चालन गरेको उछ। महोत्सव पुस २२ गतेदेखि २९ गतेसम्म चल्नेछ।

अब १० वर्ष समृद्धिको निम्ति काम गरेर माथि जाने विचार छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्ष देशको समृद्धिका निम्ति काम गर्ने चाहना भएको बताएका छन्। देशलाई नमुना बनाउन र समृद्धिमा लैजान अझै दश वर्ष काम गर्ने उनले बताए।

हात्ती पोलोमा सेभेन स्टारलाई उपाधि

१५ औं चितवन हात्ती महोत्सवमा हात्ती पोलोको उपाधि सेभेन स्टार होटेलले जितेको छ।  आइतबार भएको फाइनलमा एमई ट्राभल्सलाई ५–३ ले हराउँदै सेभेन स्टार विजयी भएको हो। सेभेन स्टारका लागि विनोद चौधरीले चार र श्रीराम सिलवाले एक गोल गरेका थिए। एमई ट्राभल्सका लागि रञ्जन भण्डारीले २ र चन्द्र तामाङले एक गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्