१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘बिजुलीकली’ नयाँ हात्ती सुन्दरी

सौराहको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी १५ औं ‘चितवन हात्ती महोत्सव’मा शनिबार फरक दृश्य देखियो। चार हात्तीहरू सजिएर मैदानमा उत्रिए। महोत्सवमा ‘हात्ती सुन्दरी’को उपाधिका लागि सेल्फीकली, चम्पाकली, एसिलाकली र बिजुलीकली प्रतिस्पर्धी थिए। यीमध्येकी बिजुलीकलीले प्रतिष्पर्धामा बिजुलीकलीले बाजी मारिन्।

फेवा किनारमा ‘नेतृत्व कस्तो, कसको ?’

मंगलबार अन्य दिनभन्दा धेरै मानिस फेवाताल किनारमा देखिए। चारदिनदेखि जारी ‘आइएमइ साहित्यिक महोत्सव’को अन्तिम दिन र चर्चाको केन्द्रमा रहेका तीन नेताको गरमागर्मी बहस सुन्न मानिसहरू पुसको चिसोलाई बेवास्ता गर्दै भेला भए।

पर्यटक भित्र्याउँदै हात्ती महोत्सव

पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको तयारी पूरा भएको छ। यसपटकको महोत्सव १५ औं संस्करण हो। क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा हुन लागेको महोत्सवको तयारी पूरा भएको संघका अध्यक्ष एवं १५ औं चितवन हात्ती महोत्सव २०७५ का संयोजक सुमन घिमिरेले जानकारी दिए।

कोलकातामा रुचाइयो नेपाली सुन्तला

केह दिनअघि भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारतका विभिन्न ठाँउ, भुटान, बर्माका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा प-यो।

विवाह पञ्चमी महोत्सव मनाइँदै

जनकपुरधाममा बुधबार (आज) भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

‘अ थाउजन्ड गल्र्स लाइक मी’ जित्यो किम्फ अवार्ड

बुबाबाट पटक–पटक बलात्कृत भएकी अफगान महिलाले न्यायका लागि गरेको संघर्षको कथामा आधारित निर्देशक साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ यसवर्षको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को उत्कृष्ट फिल्म घोषित भएको छ।

योगीको सुरक्षार्थ चार हजार प्रहरी परिचालन गरिने

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि जनकपुरमा चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

चितवन हात्ती महोत्सव पुष ११देखि

चितवन हात्ती महोत्सवको १५औं सस्करण पुसमा आयोजना हुने पक्का भएको छ। पुस ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरिएको छ।

प्रदेश १ घुम्ने निम्तो बाँड्दै कोलकातामा

इलाममा आयोजना हुन लागेको ‘मेची क्षेत्र पर्यटन महोत्सव २०७५’को प्रचारका लागि विजयशेखर भट्टराई भारतको कोलकातामा व्यस्त छन्। पुस ५ देखि हुने महोत्सवको प्रचार सामग्रीसहित उनी जुटिरहेका छन्। महोत्सव र पहाडी जिल्ला घुम्न निम्तो दिँदै छन् उनी।

कोलकताको महोत्सवमा नेपाली सुन्तला

इलामको सलकपुरका किसान किरण तामाङ सुन्तला लिएर भारतको कोलकाता आइपुगेका छन्। भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा सुन्तला महोत्सवका लागि उनीहरु आएका हुन्।

जलरङ क्यानभासमा सुन्दर लुम्बिनी

गत सोमबारदेखि राजधानी र लुम्बिनीमा एकैसाथ सुरु भएको ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’मा सहभागी स्वदेशी तथा विदेशी कलाकारहरू जलरङमा क्यानभास कोर्न व्यस्त छन्। राजधानीको नेपाल कला परिषदमा राखिएका ४० देशका कलाकारको ३ सय बढी चित्र हेर्न कला पारखीको भिड बढ्दो छ।

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’

पूर्वी नेपालको इलाममा पुस ५ गते देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ। महोत्सव आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने जनाएको छ।

जलरङमा छचल्कियो विश्वभरको रङ

प्रेमबारे मानिसको आ–आफ्नै बुझाई छन्। अमेरिकी कलाकार मिन्नी भ्यालेरो प्रेमलाई ‘लभ इज नट अदर प्लेस, इट इज इन् हार्ट’का रुपमा व्याख्या गर्छिन्। यही भावलाई कलाकार मिन्नीले सोमबारबाट राजधानीमा शुरु भएको ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’मा आफ्नो क्यानभासमार्फत व्यक्त गरिन्।

नाटक महोत्सवमा देशीय जमघट

नेपालसहित विभिन्न मुलुकका करिब २८ नाटक काठमाडौंमा मञ्चन हुने भएका छन्। नाट्य क्षेत्रमा सक्रिय नेपालका आठ नाट्य समूहहरूको आयोजनामा आगामी फागुन १३ गतेदेखि फागुन २० गतेसम्म हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव, २०७५’ मा नाट्यकर्मी भेलासँगै नाटक मञ्चन हुन लागेका हुन्।

काठमाडौं र लुम्बिनीमा ४० देशका कलाकार सहभागि हुँदै

कला र पर्यटनलाई जोड्दै काठमाडौं र लुम्बिनीमा ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ हुने भएको छ। इन्टरनेसनल वाटरकलर सोसाइटी नेपाल च्याप्टरले आयोजना गर्न लागेको महोत्सवमा नेपालसहित ४० देशका कलाकारले कुची चलाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्