१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पर्यटनमन्त्रीको नाच: कलाकारसँग रुँदै, हाँस्दै र नाच्दैछन् पौंदेली

बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

बाल नाटक महोत्सवलाई स्कृप्ट आव्हान

बालबालिकालाई रंगमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहन र अवसर दिने उद्देश्यले शैली थिएटरले दशौं संस्करणको ‘राष्ट्रिय बाल नाटक महोत्सव २०७५’ आयोजना गर्ने भएको छ । बालबालिकाका विषयबस्तुमा केन्द्रित महोत्सवका लागि थिएटरले व्यक्ति, संस्था, स्कुल र नाटक समूहलाई मंसिर २९ गते भित्र आलेख (स्कृप्ट) बुझाउन आव्हान गरेको छ।

क्रिकेट एकेडेमीका लागि सहयोग जुटाउन झिलझिलेमा सांस्कृतिक महोत्सव

क्रिकेट एकेडेमी निर्माणका लागि सहयोग जुटाउन झापाको शिवसताक्षीस्थित झिलझिलेमा एक साता लामो सांस्कृतिक महोत्सवसहित सांगीतिक मेला लाग्ने भएको छ। वडादशै, दीपावली तथा छठ पर्वको अवसर पारेर शिवसताक्षी युथ क्लबले सास इन्टरनेमेन्टको सहकार्यमा यहीँ कात्तिक १३ गतेदेखि २० गतेसम्म सांस्कृतिक महोत्सवसहित मेला सञ्चालन गर्न लागेको हो।

जुम्लामा चङ्गा महोत्सव

हिन्दु नेपालीहरूको महान पर्ब दसैं तिहारलाई मध्यनजर गर्दै जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको छ। वर्ष दिनमा एक पटक आउने यो पर्वमा जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको हो।

दसैं मेलामा घुइँचो

भृकुटीमण्डपमा बुधबार सुरु भएको दसैं महोत्सव मेलामा अलवोकनकर्ताको चाप बढेको छ । मेलामा दसैंका लागि आवश्यक सामान विशेष छुटसहित राखिएको छ।

सुरु भयो चार दिने फिल्म महोत्सव

काठमाडौंमा मंगलबारबाट चार दिने ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०१८’ सुरु भएको छ । यो फेस्टिभलमा नेपाली फिल्म ‘भुइँमान्छे’सहित ७ फिल्म सहभागी छन्।

लिमी पर्यटन महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री शाही हुम्ला

कर्णाली पर्यटन वर्ष २०७५ मनाउने प्रदेश सरकारको अभियान अनुसार आजबाट हुम्लामा लिमी पर्यटन महोत्सव हुँदैछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम रहेको छ। शाही महोत्सवको उद्घाटनका लागि हुम्ला पुगिसकेका छन्।

पोल्यान्डमा ‘लालाबाला’

बालबालिकाका लागि विशेष अभिनय तालिम दिने उद्देश्यले सुरु गरिएको ‘लालाबाला’का बाल कलाकारहरू पोल्याण्डमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुने भएका छन्।

तामाङ ज्ञान महोत्सव सम्पन्न

तामाङ पहिचान दिवसको उपलक्ष्यमा आयोजना गरिएको तेस्रो दुई दिने तामाङ ज्ञान महोत्सव आज सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको महोत्सवमा ३० वटा कार्यपत्र प्रस्तुत गरिएका छन्।

तिम्बुपोखरी महोत्सवको तयारी

पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरी र आसपासका क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यका साथ तिम्बुपोखरी महोत्सवको तयारी सुरु भएको छ।

प्रथम इच्छाकामना महोत्सव हुँदै

इच्छाकामना गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम इच्छाकामना महोत्सव–२०७५’ आयोजना गरिने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा भदौ २६ देखि असोज ६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

खोटाङमा तीज महोत्सवको तयारी

संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि खोटाङमा वृहत तीज महोत्सव हुने भएको छ । लोपोन्मुख संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन एवम् तीजसम्बन्धी लोकदोहोरी प्रतियोगिता गर्दै महोत्सव आयोजना हुन लागेको हो।

चौरी महोत्सवमा साढे १० लाखको कारोबार

उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ।  ४ सय ३१ रुपैँया बराबरको नाफा भएको मुल आयोजक समितिले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ।

प्रदेश १ को युवा महोत्सव (फोटो फिचर)

युवाको क्षमता र सम्भावनालाई सम्बोधन गर्न राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित इलाम सदरमुकाममा ‘१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव’ बिहीबार सुरु भएको छ। ३ दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन प्रदेशभरका जिल्लाका युवा इलाममा भेला भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्