इलाममा बिहीबारदेखि युवा महोत्सव
१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा सुरु हुँदैछ। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको छ।
१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा सुरु हुँदैछ। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको छ।
तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि लेखिएको नाटक ‘चारदाम’को मञ्चनसँगै राजधानीमा तीन दिनदेखि जारी ‘सेलो नाट्य महोत्सव २०७५’ सकिएको छ । भाषाविद् अमृत योञ्जनले झन्डै तीन दशकअघि लेखेको नाटकको परिमार्जित संस्करणले नाटकको मैझारो गरेको हो।
तामाङ समुदायले सेलोलाई आफ्नो समुदायको सांस्कृतिक पहिचानका रुपमा मान्छन् । गायन र नृत्य मात्र नभई लोकनाटक र संस्कृतिका अनेक रंगमञ्चीय आयाम सेलोमा लुकेका हुन्छन् । यिनै आयाम उजागर गर्न राजधानीमा ‘तामाङ सेलो नाट्य महोत्सव’ हुने भएको छ।
काभ्रे जिल्ला दक्षिणी भेगको बेथान्चोक गाउँपालिका–२, ढुंखर्कमा जिल्लाकै पहिलो आलु महोत्सव आयोजना गरिएको छ। फस्टाउँदो आलु खेती र यसका नौलो परिकारबारे जानकारी दिन महोत्सवको आयोजना गरिएको हो।
नेपाल क्यानोनिङ संघले धादिङको थाक्रे गाउँपालिकामा राष्ट्रिय क्यानोनिङ (छाँगा) महोत्सव गर्ने भएको छ । संघले जेठ २५ र २६ गते गाउँपालिकाको वडा नम्बर ६ स्थित रानीझरनामा छाँगा महोत्सव गर्न लागेको हो।
विवाद र चर्चामा रहेको ‘रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५’ अन्ततः सूरु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडालाई दिइएको अधिकार अनुसार महोत्सव आइतबारबाट सुरु भएको हो।
सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।
नेपालमा पहिलो पटक पृथक किसिमको खुकरी रम महोत्सव सुरु भएको छ । खुकरी थ्रि एक्स रमले काठमाडौंमा पहिलो पटक उक्त महोत्सव आयोजना गरेको हो । यस महोत्सव उपत्यका सहित देशको मुख्य सहरहरुका प्रसिद्ध रेष्टुरेन्टहरुमा भइरहेको छ।
पहिलो मारवाडी महोत्सव शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ। झापा मारवाडी समाजले आयोजना गरेको महोत्सवको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका थिए। महोत्सव १२ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।
पुस्तक प्रकाशक संस्था फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा एकदिने ‘घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ। महोत्सव पहिलो चरणमा सुर्खेतमा वैशाख १५, धनगढीमा वैशाख १७ र कोहलपुरमा वैशाख १८ गते कार्यक्रम हुँदैछ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो।
‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ भन्ने नारासहित प्रथम तार्केश्वर महोत्सव–२०७५ हुन लागेको छ। छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा वैशाख १७ देखि १९ गतेसम्म तार्केश्वर गाउँपालिका–१ फलाटेमा महोत्सव हुन लागेको हो।
झापा मारवाडी समाज अन्तर्गतको महिला मञ्चले काठमाडौंको भृकुटीमण्डपमा एकदिने मारवाडी महोत्सव गर्ने भएको छ।
काठमाडौंको दरबारमार्गमा वार्स्टाइनर वियरले आयोजना गरेको १३ औं दरबारमार्ग सडक महोत्सवको रौनक । प्रत्येक वर्ष हुँदै आएको सडक महोत्सवअन्तर्गत शनिबार सम्पन्न यसवर्षको महोत्सवमा नागरिककर्मी दिपेन्द्र रोक्काको क्यामेरामा कैद भएका तस्बिरहरुः
स्थानीय तह पुनः संरचनापछि प्रशासनिक अधिकार गाउँ–गाउँमा प्रत्यायोजन भएर सुनसानझैं बनेको सदरमुकामले ‘इलाम महोत्सव’मा ‘सन्तोषको सास’ फेरेको छ।