७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

चौथो बज्रयोगिनी महोत्सव सम्पन्न

काठमाडौं – बज्रयोगिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजित चौथो बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव २०७६ सकिएको छ। शनिबारदेखि सुरु भएको महोत्सव भव्य रुपमा मनाएको हो।

बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव मुल आयोजक समितिले यस वर्ष फरक ढंगले महोत्सव गरेको संयोजक विरबहादर ग्लानले बताए। महोत्सवमा सांस्कृतिक, धार्मिक र मौलिक पहिचान झल्कने प्रस्तुति प्रदर्शन गरिएका थिए। झाँक्री, ताम्बाको प्रस्तुतिले महोत्सवलाई थप आकर्षित गरेका थिए। कार्यक्रममा सेलो गायक विश्व दोङ, हाँस्य कलाकार बुद्धि तामाङ, रेश्मा बम्जन, सञ्जोग वाइबाले गीत गाएका थिए। यस्तै स्थानीय कलाकारले समेत प्रस्तुति राखेका थिए। महोत्सवमा नगरस्तरीय वक्तृत्वकला, फुटबल, म्याराथुन र लोकदोहोरी प्रतियोगिताका विजेतालाई नगद, प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजक संस्थाका सचिव युनिक रक्षक ग्लानले जानकारी दिए।

प्रकाशित: ३ वैशाख २०७६ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App