२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विश्वकप २०३० या ०३४ को दाबेदारी गर्नेछौं– अस्ट्रेलिया

अस्ट्रेलिया फुटबल संघका प्रमुख जेम्स जोन्सनले आफूहरूले सन् २०३० अथवा २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ।

फुटबलको नयाँ वरियतामा नेपालको सुधार, स्थान १६८

नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ। गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो। अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ।

अलमुताइरी प्रशिक्षकको अनुशासन बाहिर गएका हुन्: पूर्व प्रवक्ता एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायरा भन्दा बाहिर भएको बताएका छन्।

फुटबल ग्राउण्ड निर्माणमा विवाद

'एक स्थानीय तह एक खेलमैदान' निर्माण गर्ने संघीय सरकार र स्थानीय सरकारको अवधारणा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको खेलमैदान निर्माणको काम सुरुवाती चरणबाटै विवादमा फसेको हो।

भारतसँग दुई मैत्रीपूर्ण फुटबल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नै घरेलु भूमि दशरथ रंगशालामा आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। आगामी साफ च्याम्पियनसिप अक्टोबरमा हुने भनिए पनि मिति र आयोजक राष्ट्र तय भएका छैनन्। सोही प्रतियोगिताका लागि लक्षित गरेर आगामी सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुन लागेका हुन्।

एन्फा प्रवक्ताले पनि दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

बढ्यो एन्फा ए डिभिजन लिगको पुरस्कार राशि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो।

महिला फुटबल टोलीको तयारी

भदौ २८ देखि असोज ९ गतेसम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ। समूह एफ मा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसहित तयारीलाई तीब्रता दिइरहेको छ।

फुटबल प्रशिक्षकको राजीनामा घोषणा विवादमा

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने अल्मुताइरी पदमै रहेको र उनी साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टोलीसँगै रहने बताए।

फुटबल एकेडेमीका लागि सम्झौता

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको कार्यक्रममा एनआरटीका अध्यक्ष सुन्दर जोशी र ल्याबोरेटरी स्कुलका प्रिन्सिपल लाक्पा शेर्पा तथा सातदोबाटोका अध्यक्ष कपिल रानामगर एवं लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले हस्ताक्षर गरेका थिए।

विजेता फुटबलरलाई जनही ४ लाख

गत चैतमा नेपालमै आयोजना भएको थ्री नेसन्स कपको उपाधि जितेसँगै सरकारले सो पुरस्कार रकमको घोषणा गरेको थियो। कतार विश्वकप छनोट चरणअन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा आयोजना हुने खेलहरू कोरोना भाइरसको दोस्रो लहरका कारण स्थगित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु–२३ टोली सम्मिलित गरी थ्री नेसन्स कपको आयोजना गरेको थियो।

साफ फुटबल नेपालमा आयोजना हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन्।

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ। सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ।

फुटबल एकेडेमीका लागि सम्झौता

पहिलो वर्ष सात जना संकटा र सात जना नेक्सस स्कुलका गरी कुल १४ खेलाडीले संकटा–नेक्सस युथ फुटबल एकेडेमीमा अभ्यास गर्नेछन्।

विश्वकप फुटबल छनोटः नेपाल चाइनीज ताइपेईसित खेल्ने तयारीमा

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईसित खेल्दै छ । कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजे शुरु हुनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्