२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

बढ्यो एन्फा ए डिभिजन लिगको पुरस्कार राशि

सहिद स्मारक ए डिभिजन लिगको पुरस्कार राशि बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो।यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो। नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने भएको छ। यस्तै एन्फाले लिग सुरु हुने मितिपछि सारेको छ। परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ।

ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो। अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडी सारिएको हो। 

प्रकाशित: १७ श्रावण २०७८ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App