coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबल एकेडेमीका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) ‘ए’ डिभिजन क्लब संकटा र नेक्सस स्कुलबीच फुटबल एकेडेमी सञ्चालन गर्नका लागि त्रिपक्षीय सम्झौता  भएको छ।  

एन्फा मुख्यालय सातदोबाटोमा मंगलबार भएको एक कार्यक्रमबीच एन्फा उपाध्यक्ष तथा युथ डेभलभमेन्ट कमिटीका संयोजक उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका पिन्सिपल आरबी कटुवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार पहिलो वर्ष सात जना संकटा र सात जना नेक्सस स्कुलका गरी कुल १४ खेलाडीले संकटा–नेक्सस युथ फुटबल एकेडेमीमा अभ्यास गर्नेछन्। अभ्यासको सम्पूर्ण व्यवस्था संकटा क्लबले गर्नेछ। ती खेलाडीलाई नेक्सस स्कुलले छात्रवृत्ति प्रदान गर्नेछ। सम्झौताको दोस्रो वर्षमा एकेडेमीमा संकटा क्लबका तर्फबाट १४ युवा खेलाडी सहभागी हुनेछन्।

एएफसीले क्लब लाइसेनिङका लागि युथ एकेडेमी अनिवार्य गरेको छ। हालसम्म त्रिभुवन आर्मी क्लबले मात्र एएफसीको क्लब लाइसेन्स हात पारेको छ। आर्मी, नेपाल पुलिस र एपिएफले युथ एकेडेमी सञ्चालन गर्दै आइरहेका छन्। विभागीय क्लबबाहेक युवा एकेडमी सञ्चालन गर्ने संकटा पहिलो ‘ए’ डिभिजन टोली हो।

प्रकाशित: १६ असार २०७८ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App