१९ आश्विन २०८१ शनिबार
image/svg+xml

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै छ।

पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्न अध्ययन समिति

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई दुईपटक सिफारिस गरेको गण्डकी सरकारले बल्ल आएर अध्ययन समिति बनाएको हो।

मध्यरातमा प्रहरीको छापा: १६ जुवाडे पक्राउ, ५ लाख बरामद

जुवा खेलिरहेको अवस्थामा कास्की प्रहरीले कौडा सहित १६ जनालाई पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट ५ लाख ५ हजार रुपैयाँ र १६ थान कौडा फेला परेको छ।

हुर्किएको रुख काट्दा परे दुई जना पसले कारबाहीमा

पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ। महानगरले पोखरा-८ न्यूरोडमा सडकछेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो।

पोखरा सडक महोत्सव: पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य

अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सवमा पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य पर्यटन व्यावसायीले सार्वजनिक गरेका छन्। पोखरामा आन्तरिक पाहुना भित्र्याउनेसबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै व्यावसायीले यो पटक भित्रिने पाहुनाको आकार अघिल्ला वर्ष भन्दा झनै बढी हुने बताए।

एनएसएल :पोखरा थन्डर्स र चितवन एफसीबिच खेल जारी,मध्यान्तरसम्म बराबरी

काठाडौको दशरथ रंगशालामा भईरहेको यो खेलमा मध्यान्तर सम्म दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन।

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।

पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस शुरु

साहसिक खेलको रुपमा परिचित एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस पोखरामा बिहीबारदेखि शुरु भएको छ।

चारवर्षपछि पोखरामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता

पोखरामा चारवर्षपछि पुरुष राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवसर जुरेको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बिहीबारदेखि केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु हुदैंछ।

पोखराको होटलमा महिलाको मृत्यु, अनुसन्धानको घेरामा ६ जना

पोखराको नागढुंगास्थित होटलमा बसेकी महिलाको मृृत्यु भएको छ। तनहुँ भिमाद स्थायी घर भई नागढुंगास्थित शिला रेष्टुरेण्टमा विगत दुई वर्षदेखि काम गर्दै आएकी ३८ वर्षिय सुकु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दम्पतिको मुत्यु

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ। पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजान बनाइएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको हो।

पोखरामा दिनकै चार हजार हवाई यात्रु

चाडपर्व बिदा र आन्तरिक पर्यटकीय मौसम भएकाले विदेशी पाहुनाको आगमन बढेको छ । विदेशी पर्यटक बढ्दा पोखरा–काठमाडौं–पोखरा हवाईयात्रामा यात्रु चापसमेत बढेको छ।यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन् ।

पोखराका हवाई यात्रु दिनकै ४ हजार

चाँडबाँडको बिदाले आन्तरिक र पर्यटकीय सिजनको कारणले विदेशी पाहुनाको आगमन बढ्दा अहिले पोखरा–काठमाडौं–पोखरा रुटको हवाई यात्रामा यात्रु चाँप बढेको छ। यतिबेला पोखरा–काठमाडौं रुटमा दिनमा विभिन्न एयरलाइन्सका २७ वटासम्म उडान हुँदा पनि यात्रुले चाहेको बेला हवाई टिकट पाउन सकेका छैनन्। दिनमा चारहजार हाराहारीमा हवाई यात्रुको आउजाउ भईरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्