मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द
पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ।
पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ।
खेलकुद पत्रकार मञ्च कास्कीले गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डलाई बतास ब्रदर्सले साथ दिने भएको छ। आगामी जेठ १८ गते हुने स्पोर्ट्स अवार्डको उत्कृष्ट दुई विधालाई ब्रदर्सले मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्झौता गरेको छ।
स्मार्ट टेलिकमले पोखराको न्यु रोडस्थित अरविन्द कमप्लेक्समा आधिकारिक स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ।
प्रदेश नम्बर ४ का युवा सांसद एवं युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजिव पहारीले सरसफाई अभियानको सुरुवात गरेका छन्।
पोखराको पर्यटन क्षेत्रमा करिब ६० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको पुगेको छ । द्वन्द्वकालमा विदेशी पाहुनाको अभाव झेलेपछि पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनालाई महत्व दिएर पोखरा घुम्न बोलाउन थालेको थियो । त्यसैको परिणामस्वरुप अहिले आधाभन्दा बढी व्यापार आन्तरिक पाहुनाले धानेका छन्।
पोखरा फाइनान्स लिमिटेडले लमजुङको बेसीसहर बजारमा शाखा खोलेको छ। उक्त शाखा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ।
पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ।
पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोकिँदा ७ जना घाईते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाईते भएका दुई जनाको अवस्था भने गम्भीर रहेको छ।
हेटौंडा र पोखरामा उच्च तहका कर्मचारीलाई आवासको पनि सुविधा । यसकारण पनि हेटौंडा र पोखरा कर्मचारीको पहिलो रोजाइ बनेको छ।
पोखरा विश्वविद्यालयको पन्धौं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी उपस्थित हुन सकेनन्। पोखरामा भएको दीक्षान्तमा विभिन्न संकायका झण्डै ५ हजार बढी विद्यार्थी दीक्षित भएका छन्।
कास्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।घाइते हुनेमा रेडियो गण्डकीका पत्रकार धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री रहेका छन् ।
भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहितको पुनः निर्माणमा प्रत्यक्ष संलग्न कार्यालयका प्रमुख, गैरसरकारी संघ संस्थाका व्यक्तिहरू पोखरामा छन् । उक्त गोष्ठी पुनः निर्माण प्राधिकरण गोरखाको आयोजनामा चलिरहेको छ । त्यहाँ दाता भने गोरखामा भूकम्प पीडितका लागि काम गर्न आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था छन् । प्राधिकरणले एनजिओ/आइएनजिओसँग पैसा उठाएर पोखरामा कार्यक्रम गरेको हो।
माओत्से गुरुङ पोखराका फिल्मकर्मी हुन् । पोखरामा बसेर पनि मूलधारको फिल्ममा सम्झिइने नाम भित्र पर्छन् माओत्से । अझ ‘पुरानो डुङ्गा’मा मनु नामको चरित्रमा दमदार अभिनय गरेपछि त माओत्से ‘सेलिब्रेटी’ कलाकारको लाममा खडा भए । अभिनयमा जमेका धेरै कलाकारको जस्तै माओत्सेको अभिनयको जरा पनि रंगमञ्चमै गाडिएको छ । तर, पछिल्लो पुस्ताका दर्शकले माओत्सेलाई नाटकको मञ्चमा देख्न पाएका छैनन् ।
युद्धले क्षतिग्रस्त अफगानिस्तानको एक सहरबाट काजकस्तानको आफ्नो घरमा फर्किने परिवारको कथा समेटिएको ‘रिर्टनी’ पोखरामा ४ दिनसम्म चलेको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म अवार्ड’मा ‘उत्कृष्ट फिल्म’ बन्न सफल भएको छ ।