नेपालगन्जमा चक्रपथ निर्माण अवरुद्ध
स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ (रिङरोड) निर्माण योजनालाई पूर्णता दिने विषयलाई जोडतोडका साथ उठाएका थिए । सोही अनुरुप नेपालगन्जवासीले चक्रपथ निर्माण पूरा हुने आशा राखेका थिए । तर, चक्रपथ निर्माण कार्यलाई पूर्णता दिने सम्भावना भने तत्काललाई टरेको छ।