२१ असार २०८१ शुक्रबार
image/svg+xml

पाँडेलाई हटाउने विषयमा अड्कियो एन्फा बैठक

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित कुल १२ केन्द्रीय सदस्यले पाँडेलाई बर्खास्त गर्न माग राख्दै महासचिव राईसमक्ष निवदेन बुझाएका थिए। १९ सदस्यीय कार्यसमितिका १२ सदस्यले हस्ताक्षरसहित पाँडेलाई हटाउन माग गरेपछि दुबिधामा परेका अध्यक्ष नेम्बाङले बैठक बोलाउन सकेका छैनन्।

प्रारम्भिक महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफ महिला च्याम्पियनसिपका लागि ५८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

खड्काको संयोजकत्वमा आयोजक कमिटी

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनपसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरेको छ।

एनएसलसँगको सम्झौता खारेज गर्न सिफारिस गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सँग भएको सम्झौता त्रूटिपूर्ण रहेको भन्दै खारेज गर्न सिफारिस गर्ने भएको छ।

यु–२० टोली व्यवस्थापकमा घले

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दिवाकर घले गुरुङलाई नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीको टिम व्यवस्थापकमा नियुक्त गरेको छ।

आउने भए प्रशिक्षक अल्मुताइरी!

नेपाली टोली स्वदेश फर्किए पनि अल्मुताइरी स्वयम् कुवेतमा सम्पन्न एसियन कप छनोटपछि तीन महिनाको बिदा स्वीकृत गरेर उतै बसे। सबैको अनुमान थियो शेर्पा पुनः नेतृत्वमा फर्किए अल्मुताइरी पनि नेपाल आउनेछन् तर नेम्बाङले जिते उनको नेपाल बसाइमा पूर्णविराम लाग्नेछ।

एन्फा अध्यक्षमा रोचक भिडन्त

यसपटक अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुला सदस्य र दुई महिला सदस्य गरी कुल २१ पदका लागि निर्वाचन हुँदै छ। महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले मनोनयन गर्नेछन्।

शेर्पाद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन्।

ब्वाइज युनियनको विजयी सुरुआत

मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।

मनाङलाई रोक्दै एपिएफले रेलिगेसन टार्‍यो

दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार विभागीय क्लब एपिएफसँग ३–१ ले पराजित हुँदा प्रशिक्षक तोपे फुजाले अब मनाङ पहिलेजस्तो नभएको प्रतिक्रिया दिए।

फुटबल विकासका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबल विकासका लागि दुई वर्षको सम्झौता भएको छ।

एएफसी कप छनोट: मच्छिन्द्रको सम्भावना बलियो

सुनिल बलले इन्जुरी समयमा फ्रिककमा गरेको आकर्षक गोलमा मनाङ मर्स्याङदीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थनमा फर्कदै एएफसी कप छनोट खेल्ने सम्भावना प्रबल पारेको छ।

बाँसगढीमाथि धनगढीको गोलवर्षा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा सफलता निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाली समर्थकको मायाले फर्किएँ: अल्मुताइरी

दक्षिण एसियाको ठूलो फुटबल प्रतियोगिता मानिने साफ फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुर्‍याएका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि आज सम्झौता भएको छ।

गोदावरी नकआउट चरणमा

लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्