९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

खड्काको संयोजकत्वमा आयोजक कमिटी

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनपसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरेको छ।

शुक्रबार एन्फाले कार्यसमितिका सदस्यलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरेको जनाएको हो। गठन भएको कमिटीमा स्थान व्यवस्थापकको जिम्मा रवीन्द्र चन्दलाई दिइएको छ भने स्थानीय संयोजकको जिम्मा विजय घलेले पाएका छन्।

यस्तै प्रतियोगिता सुरक्षा प्रमुखको रूपमा दिनेश व्यञ्जञ्कारलाई जिम्मेवारी दिइएको छ। थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ।

थापालाई टोली सम्हाल्ने जिम्मा

सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई शुक्रबार एन्फाले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि एन्फाले थापालाई नियुक्त गरेको जनाएको हो। शुक्रबार जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन्।

यस्तै महिला फुटबल संघकी पूर्वअध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको एन्फाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यसअघि १९औं एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले पहिलो चरणको बन्द प्रशिक्षणमा महिला टोली सम्हालेका थिए। राष्ट्रिय खेलकुद परिषद्को मातहतमा भएको प्रशिक्षणमा महर्जनले महिला टोली सम्हालेका थिए।

नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मितिभन्दा एक सातापछि धकेलिएको छ। यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो। प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिबन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो। विराटनगरमा भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो। 

प्रकाशित: ७ श्रावण २०७९ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App