१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एएफसी कप छनोट: मच्छिन्द्रको सम्भावना बलियो

सुनिल बलले इन्जुरी समयमा फ्रिककमा गरेको आकर्षक गोलमा मनाङ  मर्स्याङदीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थनमा फर्कदै एएफसी कप छनोट खेल्ने सम्भावना प्रबल पारेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै सातौ चरणसम्मको समाप्तीमा शीर्ष स्थानमा रहने टोलीले नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोट खेल्ने बताइसकेको छ।

पाँचौ चरणको समाप्तीमा १३ अंकसहित शीर्ष स्थानमा बसेको मनाङ र ११ अंकसहित दोस्रो स्थानमा बसेको मच्छिन्द्रबीच शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय छैटौ चरणको खेलले शीर्षताको होड अझ स्पष्ट पार्ने थियो।

मनाङलाई बराबरीको नतिजा पनि शीर्ष स्थानमा बस्दै एएफसी कप छनोट खेल्ने सम्भावना कायम रहने थियो। मच्छिन्द्रलाई भने मनाङविरुद्ध तीन अंकको विकल्प थिएन। गोलरहित बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयको दोस्रो मिनेटमा सुनिलले गरेको फ्रिकक गोलमा मच्छिन्द्रले मनाङलाई उछिन्दै अंक तालिकाको शीर्ष स्थानमा मात्र उक्लिएन, एएफसी कप छनोट खेल्ने सम्भावना पनि बलियो पारेको छ।

६ खेलको समाप्तीमा मच्छिन्द्र १४ अकसहित शीर्ष स्थानमा छ। समान खेलमा १३ अंक बटुलेको मनाङ तेस्रो स्थानमा छ। सातौ चरणमा आगामी साता मच्छिन्द्रले दशरथ रंगशालामा नेपाल पुलिस क्लबको सामना गर्दा मनाङले घरेलु मैदानको रूपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ।

मच्छिन्द्रलाई शीर्ष स्थानमा बस्दै एएफसी कप छनोट खेल्न पुलिसविरुद्ध तीन अंक आवश्यक छ। मच्छिन्द्रको हार वा बराबरीले नतिजा मनाङको हातमा जान सक्छ। मनाङलाई भने बिबिसीविरुद्ध तीन अंक ल्याएर मात्र शीर्ष स्थानम फर्कन पर्याप्त हुँदैन। त्यसका लागि मच्छिन्द्रले पुलिससँग हारेको वा अंक बाँडेको कामना गर्नु पर्नेछ।

‘आज हामीलाई मनाङविरुद्ध तीन अंक आवश्यक थियो, त्यसैले आक्रामक रणनितीका साथ खेल्यौ, मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, पहिलो हाफमै रक्षक रञ्जित धिमालको स्थानमा स्ट्राइकर मनिसा डांगीलाई मैदान प्रवेश गरायौ। इन्जुरी समयमा सुनिलको आकर्षक गोलमा तीन अंक ल्याउन सफल भएका छौ। हामीले एएफसी कप छनोट खेल्ने सम्भावना बडेको छ। तर सातौ चरणमा हामीलाई पुलिसविरुद्ध पनि तीन अंक नै आवश्यक भएकाले स्पष्ट जितकै लागि खेल्छौ।

यता मनाङका प्रशिक्षक राजेन्द्र तामाङले भने अन्तिम समयमा सम्हालिन नसक्दा शीर्ष स्थान गुमाउनु परेको बताए। हामीलाई मच्छिन्द्रविरुद्ध एक अंक पनि राम्रेै हुनेथियो, तामाङले भने, हामी अंक गुमाउन चाहादैनौ थियौ। तर अन्तिम समयमा गोल खान पुग्यो। त्यसले हामी दोस्रो स्थानमा मात्र झरेनौ। हाम्रो एएफसी कप छनोट खेल्ने सम्भावना पनि पातलिएको छ। अब हामीले विबिसीविरुद्ध आफ्नो जित र पुलिसविरुद्ध मच्छिन्द्रको हार वा बराबरीको कामना गर्नु पर्नेछ। आजको खेलमा आफिल ओलाओलेको अभाव खड्कियो। शनिबार नै भएको खेलमा च्यासल युथ क्लबमाथि हिमालन शेर्पाले ३–१ को सहज जित हात पार्‍यो।

२९औं मिनेटमा स्ट्राइकर मुतोम्बा पिस्टोनले हिमालयनका लागि गोल खाता खोले। ५७औं मिनेटमा पिस्टोनले हिमालयनको अग्रता दोब्बर पारे। ७५औं मिनेटमा रुमेश बर्तोलाले बललाई जाली चुमाउँदै च्यासललाई खेलमा फर्काउने संकेत गरेका थिए। तर ८२औं मिनेटमा सुरेश कुमालले हिमालयनका लागि तेस्रो गोल गदै जित पक्का गरे। हिमालयन ६ खेलमा ८ अंक जोड्दै तालिकाको छैटौ स्थानमा उक्लिदा समान खेलमा मात्र ४ अंक जोडेको च्यासल १३ औं स्थानमा छ।

‘टोलीले पाएको अवसरको सदुपयोग गर्दा सहज जित हात पार्‍यौ, हिमालयनका प्रशिक्षक युगलकिशोर राईले भने, च्यासलले पनि स्वभाविक स्तरभन्दा माथिको प्रदर्शन गर्दै हामीलाई दबाब दियो। हामी जितको लयमा फर्किएका छौ। आगामी खेलमा पनि जित लयका कायम राख्न चाहन्छौ। त्यस्तै लगतारको खराब प्रदर्शनपछि दबाबमा आएका च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने क्लब छोड्ने संकेत गरे।

‘हामी स्वभाविक रूपमा दबाबमा छौ। टोली मात्र होइन, प्रशिक्षण टोली पनि, साहुखलले भने, हामीले छोड्दा क्लबले राम्रो स्थान हात पार्छ भने हामी छोड्न तयार छौ। क्लबले यस बारे निर्णय लियोस्।

प्रकाशित: ११ पुस २०७८ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App