२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फोहोर व्यवस्थित नहुँदा सास्ती

जितपुर सिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थित गर्न नसक्दा नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ। उपमहानगरले दैनिक सफा गर्नुपर्ने फोहोर सफा नगरी जितपुर, सिमरा, पथलैयालगायत बजार, चोक र सडकछेउमा लामो समयसम्म छोड्दा सर्वसाधारणलाई सास्ती भएको जितपुरका व्यवसायी पुष्कर रायमाझीले गुनासो गरेका छन्।

वन्यजन्तु र मानवबीच बढ्दै द्वन्द्व

धनगढी उपमहानगरपालिका–३ बडहराका कालुराम चौधरीलाई गत शुक्रबार बेलुकी खेतमा धान रखवाली गर्न गएका बेला जंगली बँदेलले घाइते बनायो। बँदेलले दाहिने खुट्टामा टोकेर घाइते बनाएपछि उनी सेती अञ्चल अस्पतालमा उपचार गराई घर फर्केका छन्। बडहरामा हिजोआज लहलहाउँदो धानबाली जंगली बँदेलले सखाप पार्ने गरेको छ। बँदेलले धान खेती नष्ट गर्न थालेपछि किसानहरू राति खेतमै पहरा दिन थालेका छन्।

गाैहत्या प्रकरणः उपमहानगरपालिकाको बचाउमा दैलेख जिसस

दैलेख पु-याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

गौ हत्या प्रकरणमा : गठन भयो छानविन समिति

काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ।

इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

महामारी फैलिँदा ५० बढी बाख्रा मरे

नेपालगन्ज उपमहानगरपालिका–२३ मा बाख्रामा महामारी फैलिएको छ। करिब दुई सातादेखि फैलिएको महामारीले अहिलेसम्म किसानको ५० भन्दा बढी खसी र बाख्रा मरिसकेको वडा नम्बर २३ का वडाध्यक्ष मोहम्मद हुसेन शेखले जानकारी दिए।

मेयर चौधरीले लगाए आफ्नै कम्पाउण्डमा डोजर

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन्।

'घाेराही उपमहानगरकाे बजेट गुपचुप ल्याइयाे'

१० असारमा घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै थियो। उपमहानगरका केही वडाध्यक्ष उक्त बजेटप्रति असहमती जनाउँदै बहिस्कार गरेर निस्किए। बजेट बहिस्कारको कारण थियो– एकपक्षीय बजेट।

बुटवल बजेटः एक अर्ब ९० करोड

उपमहानगरले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालूतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ।

मेयर द्वारिकलाल चौधरीद्वारा फेरि क्षमायाचना

इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरि महिलाप्रति क्षमायाचना गरेका छन्। मेयर चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन्।

होटलमा आगलागी हुँदा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट छ । ग्यास सिलिण्डर पड्किँदा आगोले

गुठी जग्गामा चलखेल, किसानका पुर्जै गायब

घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित रहँदै आएको छ। उनले आश्रमको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन्। तर सो जमिनको मोही पुर्जा उनीसँग छैन। कहाँ कोसँग छ भन्ने पनि थाहा छैन। ‘जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्षअघि केही टाठाबाठाले पुर्जा लगेका हुन्,’ उनले भने, ‘अहिलेसम्म फिर्ता आएको छैन।’ उनले आफूले भोगचलन गर्दै आएको गुठी जमिनको मोही पुर्जा फिर्ता ल्याउन धेरै कोसिस गरे। तर अहिलेसम्म पाएका छैनन्। ‘पुर्जा दिनुस् भनेर एकजनालाई फोन गरें, मलाई उनको नाम पनि थाहा छैन,’ चौधरीले भने, ‘काठमाडौंमा छु, दाङ आएर दिन्छु भने तर अहिलेसम्म फिर्ता पाइएको छैन।’

हुण्डी कारोवार गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल बस्ने २२ वर्षीय को रोशन साह र भारत विहार जिल्ला मोतिहारीको सुगौली वडा नं १० कवलपुरटोल बस्ने २२ वर्षीय सौरभ कुमार रहेका छन्।

धरानमा डेंगु रोगको प्रकोप

डेंगु रोगको प्रकोप नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले लाखखुट्टे नियन्त्रणका लागि आवश्यक फगिङ मेसिन खरिद गर्ने भएको छ।

मेयरले कर्मचारी पिटेको विरोधमा काम ठप्प

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा बिहीबार कर्मचारीले काम ठप्प पारे। मेयर चौधरीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन थालेपछि काम ठप्प भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्