रारामा हिउँ खेल्नेको घुइँचो (फोटो फिचर)
माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसंगै बाह्य पर्यटकको संख्यामा पनि उतिकै वृद्धि हुन थालेको छ।
माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसंगै बाह्य पर्यटकको संख्यामा पनि उतिकै वृद्धि हुन थालेको छ।
सोमबार देखि परेको हिउँले कर्णालीलाई ढपक्कै ढाकेको छ । दुई दिन लगातार बादल लागेपछि पछि हिउँ परेको थियो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् । सिम्लेका बालबालिका हिउँदमा मात्रै विद्यालय जान पाउँछन् । तीनतिरबाट खोलाले घेरेको बस्तीका बालबालिका बर्खामा खोलासम्म पुगेर तर्न नसकी फर्कन्छन् । चुलाचुली ४ इलाम र कमल ५ सिम्लेका बालबालिका विगत लामो समयदेखि यस्तै समस्यामा छन्।
झण्डै ४ महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ। गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएको छ। माघ महिनाको पहिलो साता बितिसक्दा समेत पानी र हिउँ नपरेर चिन्तित खुम्बुबासी कृषकले बुधबार हिमपात हुँदा राहत महसुस गरेका छन्।
काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुँदा हिमाली जिल्लामा भने हिमपात भएको छ। हुम्ला, जुम्ला, रसुवा लगायतका हिमाली जिल्लामा बुधबार बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातसँगै त्यहाँको जनजीवन केही कष्टकर बनेको छ । केहीदिनयता मौसममा भएको फेरबदलसँगै बुधबार विहानैदेखि राजधानीलगायत वरपरका जिल्लाहरू वर्षा भएको हो भने हिमाली जिल्लामा हिमपात भएको हो।
ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् ।
चालु हिउँद याममा नेपालमा पुस महिना बितिसक्दा पनि वर्षा शून्य रह्यो । गत वर्षको हिउँदमा पुस १० गते नेपालको पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षाको आगमनको संकेत गरेको थियो । तर यस वर्ष पुसको अन्त्यपछि पनि वर्षामा शून्यताले एकातिर हिउँदे वर्षामा ह्रास आएको देखिन्छ भने अर्काेतिर वर्षाको आगमनमा ढिलाइ हुँदै गइरहेको स्पष्ट हुन्छ ।
हिमाली जिल्ला मनाङमा चिसोले दैनिकी कष्टकर बन्दै गएको छ । चिसोका कारण तालको पानीसमेत जमेको छ । अधिक चिसो भएपछि प्रहरीले मातहतका कर्मचारीलाई हिमाली ज्याकेटसहितका न्यानो कपडा लगाउन अनिवार्य गरेको छ । त्यस्तै चिसोबाट जोगिन ठाउँठाउँमा सामूहिक रूपमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
पुस–माघमा पहाडी थुम्काहरु हिउँको बर्को ओढेर सुत्छन् । हिउँ खेल्दा रमाइलो हुन्छ । तर, खेल्दा होस पु¥याऔं नत्र दुर्घटनामा परिन्छ । नेपालमा धेरै छन् हिउँ खेल्ने ठाउँहरु । तीन ठाउँको यहाँ चर्चा गरिएको छ ।
विनाशकारी भूकम्पपछिका दुई हिउँदको चिसो टहरोमा बसेर खेपेकी धुलिखेल–८, थाक्लेकी ३३ वर्षीया माइली तामाङलाई यसपटकको हिउँद कसरी कटाउने भन्ने चिन्ताले सताइरहेको छ। आठ महिनाकी गर्भवती उनलाई गर्भ जाँच गराउने क्रममा चिकित्सकले मध्य हिउँदमा सन्तान जन्मने मिति दिएपनि चिन्ता झनै थपिएको छ । ‘म र छोरो जसोतसो चिसो सहेरै बसेका छौं । एक महिनापछि जन्मने बच्चालाई कसरी जोगाउने होला, दिनहुँ चिन्ता थपिँदो छ’, उनले सुस्केरा हाल्दै भनिन्।
हिउँ बेपत्ता भर्इ ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अाफ्नाे जन्म दिन अस्पतालमै मनाएका छन् । ताइवानी युवक लियान सेङ यूले अाफू उपचाररत काठमाडाैंस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा अाफ्नाे २२ अाैं जन्म दिन शुक्रबार मनाएका हुन् ।
वरिष्ठ मौसमविद् तथा काठमाडांै विश्वविद्यालयका सहायक प्राध्यापक मणिरत्न शाक्यलाई चिसोले समातेछ। उनी केही दिनयता घरबाहिर निस्किएका छैनन्। चैतमा पनि दिनदिनै चिसो किन बढिरहेको छ भन्ने नागरिकको प्रश्नमा शाक्यले आइतबार दिउ“सो भने, 'हेर्नुस् न म आफैंलाई चिसोले समातेको छ। रुघाखोकी लागेर घरमै बसेको छु।'
नेपालमा यस वर्ष माघ महिनाको मध्यसम्म आइपुग्दा पनि राम्रोसँग हिउँदे वर्षा हुन सकेन। सामान्यतया देशका विभिन्न स्थानमा मंसिर महिनामा मेघ गर्जनसहित वर्षा भई हिउँदे वर्षा आरम्भको संकेत दिन्थ्यो तर विगत एक, डेढ् दसकयता यस्तो प्रक्रियामा कमी आई मंसिरमा वर्षा प्रायः शून्य हुन थालेको छ।
यतिबेला जुम्ला हिउँले सेताम्य बनेको छ। अघिपछि उराठ लाग्दा डाँडाकाँडाहरु अहिले सेताम्य छन्। यस्तो देखिन्छ– मानौं जुम्लाको धर्ती यतिबेला हिउँको गलैंचाले सजाइएको होस्।