१० आश्विन २०८१ बिहीबार
image/svg+xml

भारतको उत्तर प्रदेशमा दुई ट्रक ठोक्किँदा २४ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा दुई ओटा ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सवै मजदुर रहेका जनाइएको छ

कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन बेपत्ता

सुर्खेतको चौकुने गाउँपालिका–२ धमुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ को कोलगडी जाँदै गरेको काठको डुंगा कर्णाली नदीमा पल्टिदाँ तीन जना बेपत्ता भएका छन् । दुई जना पौडेर बाँच्न सफल भएका छन् । इलाका प्रहरी कार्यालय बावियाचौरका अनुसार शुक्रबार बेलुका साढे चार बजेतिर कर्णालीमा ढुंगा पल्टिएको हो ।

मदन–आश्रित स्मृति दिवस: मुलुकको मुहार बदल्ने सङ्कल्प

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाएका छन् ।

मदन भण्डारीः नेपाली राजनीतिले सम्झिरहने एक पात्र

मदन जो विश्वमै प्रतिरक्षामा गएको कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए। सन १९९१ मे २७ मा न्युजविकले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ शीर्षकमा मदनको अन्तर्वार्ता छापेको थियो।

गोरखामा खाद्यान्न बोकेको ट्रक दुर्घटना, चालक गम्भीर घाइते

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भीर घाइते भएका छन् ।

धादिङमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

त्रिभुवन राजपथ अन्र्तगत धादिङको धुनिबेंसी नगरपालिका वडा नं ९, कानाकोटमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

ताप्लेजुङको आम्बेगुदिमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं २ नासपाते भन्ने स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अन्य एक गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटारमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौतर्फ जादै गरेको बा ३९ प ५७४१ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गई दुर्घटना हुँदा घाइते मोटरसाइकल चालक वर्ष ३० को अजय श्रेष्ठको मृत्यु भएको हो ।

सिन्धुलीमा मोटसाइकल र बस ठोक्किदा एकको मृत्यु

सामान्यतया लकडाउनको समयमा सवारी चल्दैनन् । त्यसैले दुर्घटना हुने संम्भावना कम हुन्छ तर सिन्धुलीमा भने तीन दिनदेखि निरन्तर राजमार्गमा तीव्र गतिमा यात्रुवाहक सवारी सञ्चालन भएका छन् । यात्रुवाहक सवारी संञ्चालनसँगै बुधबार राति विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ करकरेनजिकै मोटसाइकल र बस ठोक्किदा मोटसाइकल चालकको मृत्यु भएको छ ।

मन्थलीमा यात्रुबाहक बस दुर्घटना, २८ जना घाइते

रामेछापको मन्थली नगरपालिका ६ कुनौरीको मोडमा बुधबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको तामाकोशी अस्पताल रामेछापले जनाएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

स्काभेटर दुर्घटनाका मृतकको शव फुङ्लिङ ल्याईदैं

उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक खण्ड अन्र्तगत ताप्लेजुङको ललेपमा आइतबार अपरान्ह भएको स्काभेटर दुर्घटनामा परी मृत्यु भएका चालकको शव पुरिएको अवस्थाबाट निकाली पोष्टमार्टमका लागि फुङ्लिङ ल्याईदैं छ।

रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

विपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौबाट धनुषातर्फ गइरहेको ज १ च ७७७ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।

नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट बच्यो

नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। विमान अवरतण गर्ने बेलामा सिधै झाडिमा पुगेको थियो।वाई १२ जहाज दर्घटनामा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्