१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन बेपत्ता

सुर्खेतको चौकुने गाउँपालिका–२ धमुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ को कोलगडी जाँदै गरेको काठको डुंगा कर्णाली नदीमा पल्टिदाँ तीन जना बेपत्ता भएका छन् । दुई जना पौडेर बाँच्न सफल भएका छन् । इलाका प्रहरी कार्यालय बावियाचौरका अनुसार शुक्रबार बेलुका साढे चार बजेतिर कर्णालीमा ढुंगा पल्टिएको हो ।  

प्रहरी निरीक्षक असरफ अली अन्सारीका अनुसार मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मनुका विक उनका चार वर्षका छोरा धनबहादुर विक र चौकुने–२ धमुका डम्वर विकाका १० वर्षीय छोरा हिरु विक बेपत्ता भएका हुन् । ‘माइतीबाट घर फर्कने क्रममा शुक्रबार बेलुका साढे चार बजेतिर ढुंगा दुर्घटना भएर तीन जना कर्णालीमा बेपत्ता भएका हुन्,’ प्रहरी निरीक्षक अन्सारीले भने, ‘सुर्खेत र कैलालीबाट प्रहरी र स्थानीय जनताको सहयोगमा खोजी कार्य जारी राखेका छौं ।’

बेलुका साढे चार बजेतिर डुंगा दुर्घटना भएपनि प्रहरी राति नौ बजेमात्रै जानकारी पाएको थियो । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीयहरु कर्णाली नदीमा डुंगामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।  

डुंगा चालक कैलालीको मोहन्याल गाउँपालिकाका विर्खबहादुर रोकामगर टिकाराम रोकामगर भने पौडी खेलेर बाँच्न सफल भएका छन्। उनीहरु दुबै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App