१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीमा मोटसाइकल र बस ठोक्किदा एकको मृत्यु

सिन्धुली- सामान्यतया लकडाउनको समयमा सवारी चल्दैनन् । त्यसैले दुर्घटना हुने संम्भावना कम हुन्छ तर सिन्धुलीमा भने तीन दिनदेखि निरन्तर राजमार्गमा तीव्र गतिमा यात्रुवाहक सवारी सञ्चालन भएका छन् । यात्रुवाहक सवारी संञ्चालनसँगै बुधबार राति विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ करकरेनजिकै मोटसाइकल र बस ठोक्किदा मोटसाइकल चालकको मृत्यु भएको छ ।

सिन्धुलीबाट भिमानतर्फ गइरहेको  बा ७९ प ७१८८ नंम्बरकोे मोटरसाइकल र बिपरित दिशाबाट आउँँदै गरेको बा ४ ख ५७७७ नम्बरकोे बस एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ माझिटारका २३ वर्षिय हिराबहादुर रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रिजालको उपचार गर्न सिन्धुली अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जु सिग्देलले जानकारी दिइन् ।

उनका अनुसार ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । लकडाउनको समयमा तीव्र गतिमा राजमार्गमा मोटसाइलसहित साना ठूला सवारीहरु दैनिक चल्न थालेकाले थप दुर्घटना बढ्न सक्ने स्थानीयले बताएका छन् ।

प्रकाशित: ११ वैशाख २०७७ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App