७ आश्विन २०८१ सोमबार
image/svg+xml

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

कञ्चनपुरमा सवारीसाधन दुर्घटना बढ्दै

गत साता मात्रै दुर्घटनामा परी ६ जना घाइते भएका छन्। गत सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी ब्यारेक नजिकै भैँसीसँग अटोरिक्सा ठोक्किँदा शुक्लाफाँटा–७ का ४० वर्षीय पुना खत्री, अटोरिक्सामा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भए।

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

बिहीबार राति साढे ७ बजे त्रियुगा नगरपालिका ३ मोतिगडा मिलनचोकमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका १२ बुद्धचोककी ४५ वर्षीया तुलसा श्रेष्ठको ज्यान गएको हो।

बस दुर्घटनामा अपडेट: १५ को सनाखत, एक जनाको हुन बाँकी

जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ। हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो।

बारा बस दुर्घटना: मृतक १६ मध्ये नौ जनाको सनाखत (अपडेट)

बसमा सवार यात्रुको सङ्ख्या एकिन हुन नसके पनि झण्डै ५० जना सवार रहेको प्रहरीले जनाएको छ। नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा दुर्घटना भएको हो।

बारा बस दुर्घटना: मृत्यु हुनेको संख्या १६ पुग्यो (अपडेट)

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो।

बाराको अमलेखगञ्जमा बस दुर्घटना, ८ जनाको मृत्यु

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बस सडकबाट तल खोलामा खसेको हो।

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो। विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ।

चाडपर्वमा दुर्घटनाकै पिरलो

मुलुकमा दसैं, तिहार, छठजस्ता चाडपर्वको समय सुरु भएको छ। हिन्दु धर्मावलम्बी बाहुल्य नेपाली समाजलाई दसैंको हर्षोल्लास र खुसियालीले छोइसकेको छ।

चाडबाडमा दुर्घटना बढेपछि चार पाङग्रे सवारीमा टाइम कार्ड

चाडबाडमा दुर्घटना बढेपछि कपिलवस्तुमा चार पाङग्रे सवारीमा टाईम कार्ड लागु गरिएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पिपरादेखि शिवपुरसम्म चल्ने चार पाङग्रे सवारीकालागि टाईम कार्ड लागु गरिएको हो।

सल्यान जीप दुर्घटना: मृतक आठै जनाको पहिचान खुल्यो

बाँकेको ढकेरीमा विवाहमा गएर फर्किएकाहरु चढेको रा१ज ५६३ नम्वरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा २ ज ११९२ नम्बरको ट्याक्सीले बा९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकल एकापसमा जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते

झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी एक घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्