१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।  

काठमाडौंको काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित सडकमा बा २ ज ११९२ नम्बरको ट्याक्सीले बा९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन्। ठक्करबाट गम्भीर घाईते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सडकमा रा१ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगिशरण गाउँपालिका–४ वैवाङ बस्ने ५९ वर्षीय शलिकराम वली रहेका छन्। ठक्करबाट गम्भीर घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसासाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।  

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ बुड्डीस्थित सडकमा ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ६५६५ नम्बरको ट्रक ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसमा सवार प्युठान मलारानी गाउँपालिका–२ बस्ने २५ वर्षीया बिमला पुन मगर रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।  

दुर्घटनामा घाइते भएका २५ जना उपचार पश्चात डिश्चार्ज भएका छन्। ट्रक चालक समेत अन्य ६ जनाको जिल्ला अस्पताल तौलिहवा हुँदै थप उपचारको लागि चौराहा अस्पताल बुटवलमा पठाइएको छ। दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकीमा प्रदेश २–०१–००१ त १७७२ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय शंकर रामको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।  

कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार साईकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारु रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली मन्दिर नजिक सडकमा प्रदेश २–०१–०३ प ११०० नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी हनुमाननगर नगरपालिका–४ भारदह बस्ने २२ वर्षीय कैलाश मण्डल रहेका छन्।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: ९ आश्विन २०७९ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App