१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

गए राति भएको मोटरसाइकल दुर्घटनामा परी उदयपुरकी एक महिलाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्।  

बिहीबार राति साढे ७ बजे त्रियुगा नगरपालिका ३ मोतिगडा मिलनचोकमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका १२ बुद्धचोककी ४५ वर्षीया तुलसा श्रेष्ठको ज्यान गएको हो।  

बगाहाबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प २१८६ नम्बरको मोटरसाइकल र सोही दिशाातर्फ आइरहेको स १ ह २०७६ नम्बरको अटो एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तुलसाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा तुलसाकी श्रीमान मोटरसाइकल चालक दिलिप श्रेष्ठ घाइते भएको ट्राफिक कार्यालय उदयपुरका प्रमुख वरिष्ट नायव निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए। उनका अनुसार अटोमा सवार त्रियुगा नगरपालिका ३ का ५० वर्षीय पुनासरी विक र १५ वर्षीय मनिस बराईली घाइते घाइते भएका छन्।  

बिकको अवस्था गम्भीर छ भने बराईली सामान्य रहेको दियालीले बताए। उनका अनुसार विकको हात, खुट्टा र ढाँडमा चोट लागेको छ।  घाइतेहरु सबैलाई उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

प्रकाशित: २१ आश्विन २०७९ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App