१७ पुस २०८२ बिहीबार
image/svg+xml

चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ।

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशत बढीले वृद्धि

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ।

शीतलहरले कठ्यांग्रिँदै विपन्न

राति पर्ने शीतले परालले छाएको छाप्रो भिज्छ । बिहान त्यो शीतको थोपा ओछ्यानमा चुहिन्छ । ज्यान तताउने लुगाजति सबै भिज्छन् ।

सवारी साधन प्रदूषण

‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ले ‘युरो-६’ लाई अंगीकार गरे पनि हाल सडकमा गुडिरहेका ठुलो संख्याका सवारी साधनले गर्ने उत्सर्जन चुनौतीको विषय बनेको छ।

अब निजी विद्यालय र कलेजले डिआई राख्न नपाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी शिक्षण संस्थाहरूमा ‘डिसिपिलिन इन्चार्ज’ (डिआई) अर्थात् अनुशासन प्रमुख राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।

अन्योलमा कांग्रेस अधिवेशन

पूर्वनिर्धारित मितिमा बुधबार वडा अधिवेशन नभएपछि महाधिवेशनको समग्र कार्यतालिका प्रभावित भएको छ। तर कांग्रेस केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका संशोधन वा अधिवेशन स्थगनको सूचना जारी गरेको छैन। यसबाट नेता–कार्यकर्तामा अन्योल बढेको छ।

पर्यटकीय क्षेत्रका होटल भरिभराउ

नयाँ वर्षसँगै मुलुकका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ रहेका छन् । अहिले मेला, महोत्सव, क्रिसमससँगै बिहीबारदेखि अंग्रेजी नयाँ वर्षको रमझम छ ।

सर्वोच्चको परमादेश कार्यान्वयन नहुँदा उपेक्षामा मानसिक स्वास्थ्य सेवा

सर्वोच्च अदालतले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा दिएको आदेश तथा परमादेश कार्यान्वयन नहुँदा मानसिक स्वास्थ्य सेवा उपेक्षामा परेको सरोकारवालाले गुनासो गरेका छन्।

बालबालिका सामाजिक सञ्जालजन्य घटनाको सिकार बनेकोमा चिन्ता

इन्टरनेट प्रविधिको बढ्दो प्रयोगले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बालबालिकाहरू साइबर अपराधका घटनाका सिकार भइरहेको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

खुम्चिँदै वैदेशिक रोजगारी, फेरिँदै श्रम गन्तव्य

जेनजी आन्दोलनपछि युएई जानेको चाप घटेको छ । अहिले झन् प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत बढेका कारण कामदार प्रभावित भएका छन् ।

शुक्लाफाँटाका विद्यालयमा दुई दिन जाडो बिदा

अत्यधिक चिसो र शीतलहरका कारण शुक्लाफाँटा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ।

हृदयघातले सशस्त्र प्रहरीका डिएसपीको मृत्यु

सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्