६ आश्विन २०८१ आइतबार
image/svg+xml

हिमपातले नेपाल आउन लागेका मालबाहक कन्टेनर केरुङमै रोकिए

चीनको केरुङबाट सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनर केरुङमा नै रोकिएका छन्। केरुङमा हिमपात भएपछि सवारीको आवागमन रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए। हिमपातसँगै चिसो बढेपछि काम समेत गर्न नसकिएको उनको भनाइ छ।

हिमपातले सोलु–काठमाडौं सडक अवरुद्ध, यात्रु अलपत्र

पत्ताले क्षेत्रमा परेको हिमपातले सोलु–काठमाडाैं सडक अवरुद्ध भएको छ। गएराति देखि पत्ताले क्षेत्रमा बाक्लो हिमपात भइरहेकाले सडक अवरुद्ध भएको हो। सल्लेरीदेखि छुटेका साना तथा ठूला सवारी गरि करिब ४० सवारी पत्ताले क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिमपात आर्थिक उपार्जनको आधार

यस वर्ष दोस्रो पटक परेको भारी हिमपातले डोल्पालीले आफ्नो आर्थिक उपार्जनमा सहयोग पुग्ने बताएका छन्। पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई डोल्पालीले शुभ वर्षको रुपमा लिने गर्छन।

मुस्ताङमा हिमपात (फोटो फिचर)

लगातारको हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ।

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या

ओखलढुंगामा हिमपात भएको छ। बुधबार बिहानैदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाँडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगा लगायतका माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो।

सुदूर पहाडी जिल्लामा भारी हिमपात, सवारी साधन संचालनमा कठिनाई

डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लामा गएराती देखि हिमपात सुरु भएको छ। डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ।

हिमपातले डाँडाकाँडा सेताम्य, जनजीवन कष्टकर

डोल्पामा हिमपात सुरु भएको छ। सोमबार रातिदेखि बादल लागेपनि आज बिहानैदेखि हिमपात सुरु भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँपालिकामा पर्ने रिमी काइगँउ, ठुलीभेरी नगरपालिकामा पर्ने जुफाल, माझफाल, रह लगायतका स्थानमा अहिले हिमपात भइरहेको छ।

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

कर्णालीमा भारी हिमपात, तापक्रम माइनस ८ डिग्री

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका कारण चिसो बढेको छ।

जुम्लामा बाक्लो हिमपात, किसान हर्षित

कर्णालीका जिल्लामा भारी हिमपात भएको छ। हिमपातका कारण बिहानै देखि जनजीवन कष्टकर बनेको छ। झण्डै एक हप्तासम्म बादल देखिदै आएको थियो। राति दुई बजेदेखि फाटफुट बर्षा हुँदै आएकोमा जुम्लामा बिहान १० बजेपछि हिमपात सुरु भएको छ।

हुम्लामा भारी हिमपात, हवाइ सेवा बन्द

हुम्लामा भारी हिमपात परेको छ। बिहान ३ बजेदखि परेको हिमपातले विभिन्न स्थान सेताम्य भएका छन्। हिमपातका कारण जाडो बड्नुका साथै जनजिवन कष्टकर बनेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। अधिकांश बस्ती हिउँले ढाकिएका छन। हिमपातले सदरमुकाम सिमकोटमा ढेड फिट हिउँ जमेको सहायक प्रमुख जिल्ला महेश कुमार पोखरेलले बताए।

हिमपातले सेताम्य हुम्ला, कृषक हर्षित

हुम्लामा हिमपात हुँदा जिल्लाका उत्तरी क्षेत्रहरू सेताम्य भएका छन्। शनिबारबाट परेको हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ। प्राय हुम्लाका सबै बस्ती हिउँले सेताम्य भएका छन्। केही साता अघिसम्म सुख्खा देखिने डाँडाकाडा हिउँले भरिभराउ भएपछि सेतो घुम्टोमा बेहुलीझै सिगारिएको छ हुम्ला।

बैतडीमा हिमपात (फोटो फिचर)

बैतडीमा हिमपात भएको छ। मौसम बदली भई जिल्लामा आइतवार राती भारी हिमपात भएको हो। हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित छ।

हिउँले सेताम्य कर्णाली : कृषक उत्साहित, हवाई उडान अवरुद्ध

कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ। एक सातादेखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका बस्ती र डाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै भारी हिमपात भएपछि कर्णालीको जनजीवन समेत कष्टकर बनेको छ। केही साता अघिसम्म सुख्खा देखिने डाडाँहरु हिँउले भरिभराउ भएपछि कर्णाली हिउँको सेतो घुम्टोमा बेहुलीझैं सिँगारिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्