६ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौंमा हल्का वर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा बदली काठमाडौंमा हल्का वर्षा भएको हो। काठमाडौंको तापक्रम ८ डिग्री रहेको र चन्द्रागिरी तथा मकवानपुरको दामनमा हिउँ परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन।

चीनमा हिमपात, ७ लाख २० हजार प्रभावित

चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्।

पूर्वकाे गन्तव्य भेडेटार

शुक्रबार धनकुटाको उच्च क्षेत्रसँगै तेह्रथुम, संखुवासभाको सिमावर्ती भू–भागमा हिमपात भयो। लगत्तै धरान, इटहरी, विराटनगरबाट मोटरसाइकल, गाडी

हिउँमा खेल्न दाेलखा पुगे पर्यटक

दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो ।

मनाङमा माइनस २१ डिग्री

हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ।

हुम्ला र मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री

चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ। बिहीबार दिउँसाेदेखि हिउँ पर्न सुरू भएदेखि लगातार परिरहेकाे छ। जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ।

हुम्लामा भारी हिमपात

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि भारी हिमपात शुरु भएको छ। उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ।

हुम्लामा हिमपात

हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात सुरु भएको छ। गएका वर्षहरूमा पुस महीनाबाट हिमपात सुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ।

मुस्ताङमा बेमाैसमी हिमपात

हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। चढ्दो गर्मीका बेला भएको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ। हिमाली जिल्ला मुुस्ताङका उच्च क्षेत्र हिउँले सेताम्य भएका छन्। मनाङको माथिल्लो क्षेत्रमा पनि हिउँ परेको छ।

छिटपुट वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं उपत्यकालगायत पहाडी तथा उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसो मौसममा बदली भई केही ठाउँमा वर्षा भएको छ।

हिमपातले डोल्पाको जनजीवन कष्टकर

सोमवार बिहानदेखि परेको अबिरल वर्षा पछि हिमाली जिल्ला डोल्पामा भारि हिमपात भएको छ। हिमपातका कारण डोल्पाको जनजीवन कष्टकर बनेको छ भने एक गाउँबाट अर्का गाउँ समेतको आवतजावत बन्द भएको छ।

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

आइतबार रातीबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

जुम्लामा हिमपात

जुम्लामा हिमपात सुरु भएको छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषि क्षेत्रमा फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन्। वर्षा भएसंगै जुम्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा हिमपात भएको हो। गत वर्ष पुसमा नै हिमपात भएको जुम्लामा यस वर्ष भने माघ अन्तिममा मात्रै हिउँ परेको छ।

मुस्ताङमा हिमपात

हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ।  जिल्लाको मुक्तिनाथ, उपल्लाे मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो। हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए।

हुम्लामा दोस्रो पटक हिमपात: कृषक खुशी, यातायात अबरुद्द (फोटो फिचर)

हुम्लामा मंगलबार बिहानबाट हिमपात भएको छ । हिमपात जनजीवन प्रभावित भएको छ। हिमपात हुँदा किसान हर्षित भएका छन् ।हुम्लामा यो दोसोपटक हिमपात भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्