६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा हल्का वर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

तस्विर स्रोत : हिमावारि स्याटालाईट, जापान।

काठमाडौ– काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा बदली काठमाडौंमा हल्का वर्षा भएको हो। काठमाडौंको तापक्रम ८ डिग्री रहेको र चन्द्रागिरी तथा मकवानपुरको दामनमा हिउँ परिरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन।  

उनका अनुसार काठमाडौंको मौसममा बेलुकाबाट सुधार आउनेछ। पूर्व र मध्यपश्चिममा राती वर्षा हुने उनले बताइन। उच्च हिमाली र मध्य पहाडी भुभागमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित: २३ पुस २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App