६ आश्विन २०८१ आइतबार
image/svg+xml

छिटफुट वर्षा र हिमपातको सम्भावना

उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ।  उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

झरी र हिमपातले भूकम्प पीडितलाई झन् पीडा

तेस्रो हिउँद अस्थायी टहरोमा गुजारिरहेका भूकम्प पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन्। हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरोमा ठिही निम्त्याएको छ भने ह्वात्तै जाडो बढ्दा मध्ये तथा वेँसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

कर्णालीमा हिमपातले जनजीवन कष्टकर

कर्णालीका हुम्ला, जुम्ला, मुगु डोल्पा र कालिकोट जिल्लामा मंगलबार रातीदेखि हिमपात सुरु भएको छ। खडेरीले किसानहरु चिन्तित भएको बेला एक्कासी हिमपात भएको हो। किसानहरु पानी र हिमपात हुँदा खुसी छन्।

चन्द्रागिरिमा हिमपात (भिडियोसहित)

समुन्द्री सतहबाट २५ सय ५१ मिटरको उचाईमा अवस्थित चन्द्रागिरिमा आज बुधवार बिहानैदेखि बाक्लो हिमपात भएको छ ।

हिमपात सँगै चिसो बढेपछि मनाङको जनजीवन कष्टकर

हिमाली जिल्ला मनाङमा गएरातीदेखि हिमपात भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। मंगलबार दिउँसो देखि साँढे ११ बजेदेखि नै तिब्र बेगमा चिसो हावा वहन थालेपछि स्थानीय जनजीवन असहज हुँदै आएकोमा रातीदेखि हिमपात हुँदा जनजीवन थप कष्टकर बनेको हो।

हिमपातसँगै पश्चिमी भेगको जनजीवन प्रभावित

गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित ७ नं प्रदेशका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।  हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ। जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ।

उच्च हिमाली जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ।

रसुवामा हिमपात, जनजीवन कष्टकर

रसुवामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न वडामा हिमपात भएको हो।

टोकियोमा बाक्लाे हिमपात

जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसमसम्बन्धी जापानी निकायका अधिकारीले आग्रह गरेका छन् ।

हनिमुनमा हिमपात

फिल्म ‘हेट स्टोरी’बाट बलिउड फिल्ममा डेब्यु गरेकी बंगाली नायिका पाओली दमले पहिलो फिल्ममा दिएका उनको बोल्ड दृश्यले रातारात चर्चामा आइन् । तर, उत्तेजक सिन दिए पनि अभिनेत्रीको रुपमा उनको करिअर खासै गति लिन सकेन । गत महिनामात्र उनले विवाह गरेर फिल्मलाई ‘गुडबाई’ गरेकी थिइन् । तर, हनिमुनका क्रममा स्विजरल्यान्ड पुगेको जोडी त्यहाँ फसेपछि फेरि चर्चाको केन्द्रमा आएको छ ।

मुगुका उच्च हिमाली भेगमा हिमपात

मंगलबार बिहानै देखि जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।  विहानै देखि हिमपात सुरु भए पछि वातावरण निकै चिसो बन्दा जन जिवन कष्टकर बनेको छ । हिउँदमा जति बढी हिमपात हुन्छ त्यति नै हिउँदेबाली उत्पादनमा वृद्धि हुने हुँदा कृषकहरू भने उत्साहित बनेका छन् । जिल्लाका पुर्वी करान क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिकाका मुगु, डोल्फु, चिताई, किम्री, सेरोग, दाउरा लगायतका सबै बस्तीहरूमा बिहानै देखि हिमपात भइरहेको छ।

हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

मौसम पूवार्नुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ । महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

सोलुको खुम्बु क्षेत्रमा हिमपात

वर्षा भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा ह्वात्तै चिसो बढेको छ। हिउँदको समय सुरु भएसंगै सिम सिम बर्षा समेत भए पछि बढी चिसोको महसुस भएको सर्बसाधरणहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्