६ आश्विन २०८१ आइतबार
image/svg+xml

कश्मिरमा भीषण हिमपात, जनजीवन कष्टकर बन्दै

कश्मिरमा भएको भीषण हिमपात र पहिरोमा परी ४ सुरक्षाकर्मीको मृत्यु भएको छ भने कैयाैँ घाइते भएका छन्। कश्मिरको राजधानी श्रीनगर वरिपरिका अधिकांश भाग डुबान परेको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। दुई दिनसम्म लगातार वर्षा भएपछि शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको हो। यसअघि पुस महिनामा सामान्य रुपमा दुई पटक हिउँ परेको थियो।

पश्चिमी पहाडमा भारी हिमपात

मौसममा परिवर्तन आएसँगै पश्चिमी उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवनसमेत कष्टकर बनेको छ। कतिपय ठाउँमा यातायातसमेत अवरुद्ध भएको छ।

कर्णालीमा यो वर्षकै भारी हिमपात

जुम्लामा तेस्रोपटक हिमपात भएको छ। पुस महिनामा सामान्य रुपमा दुईपटक हिउ परेपनि माघ महिनामा सबैभन्दा ठूलो हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्येरातदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ। दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

काठमाडौंमा हल्का वर्षा, हिमाली भेगमा हिमपात

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौंमा शुक्रबार बिहान हल्का वर्षा हुँदा चिसो बढेको अनुभव गरिएको हो। बिहीबारदेखि काठमाडौंको आकास धुम्म देखिएको थियो।

हिमपात नहुँदा स्याउ नर्सरी कृषक मर्कामा

'मेरो नर्सरीमा ६ हजार पाँच सय स्याउका विरुवा छन। तर कृषि विकास कार्यालयले हिउँ नपरेको र विरुवा लगाउन नसकिने भन्दै खरिद नगरे पछि कार्यालयकै मुल्य अनुसार २ लाख ६० हजार रुपैयाँ बराबरको विरुवा खेर जाने भयो', कार्कीवाडा गाविस वडा नम्बर ६ का स्याउ नर्शरी कृषक सक्क बुढाले चिन्ता व्यक्त गरे।

हिमपातले यात्रा जोखिममा

लगातार चार दिनसम्म हिमपात हुँदा बझाङस्थित जय पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ। हिमपातपछि श्रीभावर दुदिला खान, मुसियाखान, बजपानीलगायतका ठाउँमा सडकमा हिउँ जम्दा यातायात अवरुद्ध भएको हो। हिमपातका कारण गाडी फस्दा यात्रुले दुःख पाएका छन् ।

बाक्लो हिमपातपछि बाजुराका एघार गाविसको आवतजावत ठप्प

शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् ।  शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ ।

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ। गतवर्षमा कातिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुस अन्तिममा हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्य रातिदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ । दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

असिनापानी र हिमपातपछि चिसोले जनजीवन प्रभावित

अत्याधिक चिसोका कारण उत्तरी धादिङको जनजीवन कष्टकर बनेको छ । आइतबार असिना पानी परेपछि चिसो अझ बढेको हो। हिमाली बस्तीहरुमा फुर्फुराउँदो तुसारो परेको स्थानीयहरुले बताएका छन्।

हिमपातपछि खुल्यो मुस्ताङ

केहीघण्टाको हिमपातपछि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम र आसपासको क्षेत्र सोमबार बिहानैबाट खुलेको छ। हिउँ पर्न रोकिएको र घाम लागेपछि जोमसोम निकै रमणीय बनेको छ ।

असिना पानीपछि उत्तरी धादिङमा हिमपात, भूकम्प पीडितको जनजीवन प्रभावित

धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट बस्तीमा असिनापानी र हिमपात भएको परेको छ। आइतबार दिउँसो असिना पानीपछि हिमपात सुरु भएको स्थानीयले बताएका छन्।उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङ र दार्खाका माथिल्लो भेगमा ठूलो मात्रामा असिना परेको छ।

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

मुस्ताङमा आइतबार दिउँसो देखी हिमपात भएको छ। जिल्लाको सदरमुकाम जोमसोमसहित १६ ओटै गाविसमा परेको हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। हिमपातसँगै यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्री अलपत्र परेका छन्।

दोलखाका विभिन्न क्षेत्रमा हिमपात (फोटो फिचर)

दोलखाका विभिन्न स्थानमा हिउँ परेको छ। जिरी आसपासको उच्च पहाडी क्षेत्रमा दिउँसोबाट हिमपात सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्