६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिमपातले नेपाल आउन लागेका मालबाहक कन्टेनर केरुङमै रोकिए

चीनको केरुङमा हिउँ परेपछिको अवस्था । तस्बिर : नागरिक

रसुवा – चीनको केरुङबाट सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनर केरुङमा नै रोकिएका छन्। केरुङमा हिमपात भएपछि सवारीको आवागमन रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए। हिमपातसँगै चिसो बढेपछि काम समेत गर्न नसकिएको उनको भनाइ छ।

‘रातिदेखि नै हिउँ पर्न थालेको थियो, उनले नागरिकसँग भने, सडकमा हिउँ जमेपछि सवारी सञ्चालन भएको छैन्।’ सिल लगाएको डेड सय कन्टेनर रोकिएका छन्। हिउँ परेपछि गाडीमा शिल लगाउन नसकिएको अर्का व्यापारी धर्मराज पौडेलले बताए। ‘यहाँ करिब ३ फिट हिउँ परेको छ,उनले भने, चिसोको कारण काम गर्न सकिने अवस्था छैन्।

चीन जान लागेका कन्टेनर पनि नाकामा नै रोएिका छन्। त्यसैगरी रसुवाको माथिल्लो क्षेत्रमा भएको हिमपातको कारण जनजीवन प्रभावित भएको छ। जिल्लाको लाङटाङ, गत्लाङ, थुमन, स्यार्फु, धुन्चेको माथिल्लो क्षेत्रमा हिमपात भएको हो।

प्रकाशित: ९ माघ २०७५ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App