६ आश्विन २०८१ आइतबार
image/svg+xml

डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात (फोटो फिचर)

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा ७४ वर्षयताकै ठूलो हिमपात भएको छ। सदरमुकाम दुने र त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा समेत ४ फुट हिउँ जमेको छ। भारी हिमपात भएपछि डोल्पाको जनजीवन कस्टकर बनेको हो।

१२ वर्षपछि काठमाडौंमा हिउँ

काठमाडौं उपत्यकामा १२ वर्षपछि हिउँ परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक २०६३ फागुन २ गतेजस्तै काठमाडौं उपत्यकामा हिउँ परेको हो। महाशाखाका अनुसार बिहीबार उपत्यकाआसपासका पहाड र उपत्यकाको पूर्वी क्षेत्रमा हिउँ परेको छ। वरिपरिका पहाडलगायत भक्तपुरका साँगा, सूर्यविनायकलगायतका ठाउँमा हिउँ परेको छ। पश्चिमी वायु प्रणालीको प्रभावबाट आएको बादल धेरै उचाइमा पुगेपछि उपत्यकामा हिउँ परेको मौसमविद् बताउँछन्।

सोलुखुम्बुमा दुईफिट बाक्लो हिउँ

खुम्बु क्षेत्रमा दुईफिट बाक्लो हिउँ जमेको छ। बुधबारदेखि मौसममा आएको प्रतिकूलतासँगै बुधबार रातिबाट भएको हिमपातले सोलुखुम्बुभरिकै जनजीवन कष्टकर बनेको छ।

हिमाली जिल्लामा हिँडडुल नै ठप्प

लगातारको हिमपातले हिमाली जिल्लामा जनजीवन कठिन बनेको छ। अघिल्लोपटक परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि हिमाली जिल्लावासीको दिनचर्या अस्तव्यस्त बनेको छ। उच्च हिमाली भेगमा महिना दिनदेखि आउजाउ रोकिएको छ।

चौंध वर्षपछि मुगुमा भारी हिमपात (फाेटाे फिचर)

मुगुमा यो वर्ष फागुनको मध्य लागि सक्दा भारी हिमपात भएको छ। बुढापाकाका अनुसार डेढ महिना लामो हिमपात र वर्षा भएको यो पहिलो पटक हो। २०६१ सालमा फागुनमा भारी हिमपात भएको थियो। त्यसयता भारी हिमपात भएको थिएन।

काठमाडौं उपत्यकामा हिमपात (फोटो फिचर)

काठमाडौं उपत्यकामा फेरी हिमपात भएको छ। काठमाडौं लगायत भक्तपुरमा आज बिहानै हिमपात भएको हो। काठमाडौंको कीर्तिपुर, चन्द्रागिरी, फुल्चोकीका साथै भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ।

हिमपातका कारण विद्यालय बन्द

मंगलबार रातिदेखि भइरहेको लगातार हिमपातका कारण चिसो बढेपछि जिल्लाका अधिकत्तर विद्यालय बन्द गरिएका छन्। निरन्तरको हिमपातले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको जनजीवन सबैभन्दा बढी प्रभावित बनेको छ।

‘खराब मौसमका कारण दुर्घटना’

एयर डाइनेस्टीको कलसाइन एएस ३५० भएको हेलिकोप्टरका पाइलट थिए– प्रभाकर केसी। बुधबार बिहान ८ बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको टोलीलाई लिएर उनी तेह्रथुम उडे। चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली काम सकेर ताप्लेजुङको पाथिभरा मन्दिर पुग्यो।

हेलिकोप्टर दुर्घटना (अपडेट) : पानी र हिमपातले शव काठमाडौं ल्याउन समस्या

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार ल्याइपुर्याएको केहि समयपछि नै पानी र हिमपातसँगै कालो बादलले आकास ढाकेपछि शव पठाउँन समस्या भएको हो।

जनजीवन प्रभावित, अन्नबाली सखाप

धनगढी / बझाङ -  सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा बुधबार हिमपात भएको छ। सुदूरपश्चिम प्रदेशका बझाङ, दार्चुला, बाजुरा, अछाम, बैतडी, डोटी र डडेल्धुरामा हिमपात भएको हो। यी जिल्लाका विभिन्न बस्तीमा यसपालि पटक–पटक हिमपात भइरहेको स्थानीयले बताएका छन्। सुदूरपश्चिमका बस्तीहरूमा लगातार यति धेरैपटक हिमपात भएको दुई दशकयताकै पहिलोपटक भएको स्थानीयको भनाइ छ। मंसिर २६ बाट सुरु भएको हिमपात पटकपटक गरी अहिलेसम्म जारी छ।

त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पश्चिमी वायुकाे प्रभावले वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। आइतबार भित्रिएको पश्चिमी वायुकाे प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमपातका कारण मुगुमा विद्यालय बन्द

रातिदेखि लगातार परिरहेको हिमपातका कारण मुगुमा अत्याधिक चिसो बढेको छ। चिसोका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएको छ।

देशभर मौसममा बदलीः दुई दिन वर्षा र हिमपात हुने

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।

हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त

निरन्तर हिमपातले अन्नपूर्ण क्षेत्रको पदयात्रा अस्तव्यस्त बनेको छ। साहसिक पर्यटकले बढी रुचाउने अन्नपूर्ण फेरोको पदयात्रा झन्डै दुई सातादेखि अवरुद्ध छ। हिमपात जारी रहेकाले पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्