६ आश्विन २०८१ आइतबार
image/svg+xml

एक महिनादेखि नाग्म गमगढी सडक अवरुद्ध, आवत जावतमा समस्या

गएको पौष अन्तिम साताबाट लगातार भइरहेको हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध हुँदा मुगुदेखि सुर्खेत नेपालगञ्जका लागि आवत जावत गर्न समस्या भएको छ। लगातारको हिमपात र वर्षाका कारण सिंजा गोठिज्युला, भुलभुले, घुच्ची लेकमा भारी हिमपात भएपछि सडक अवरुद्ध भएको हो।

पश्चिमी वायुकाे प्रभाव : केही स्थानमा वर्षाकाे सम्भावना, शनिबार बेलुकादेखि माैसममा सुधार हुने

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

फेरि एकाएक मौसम बदली

लगातार तीन दिनदेखि भएको वर्षा र हिमपात रोकिएकोे भोलीपल्टै मौसममा फेरि एकाएक बदली भएको छ। आइतबार खुलेको मौसममा सोमबार पुन बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबा काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली हुनेछ।

अवरुद्ध जुफाल विमानस्थल सुचारु

भारी हिमपातले अवरुद्व डोल्पाको जुफाल विमानस्थल सञ्चालनमा आएको छ। जमेको हिउँ आइतवार हटाइएपछि पाँच दिनदेखि अवरुद्ध विमानस्थलमा सञ्चालनमा आएको हो। सय जना कामदार लगाएर हिउँ फालिएपछि सोमवार विहानबाट हवाई सेवा सुचारु भएको हो।

हिउँ नपग्लँदा कठिनाइ

भारी हिमपातपछि थुप्रिएको हिउँ नपग्लिँदा हिमाली जिल्लाको कष्टकर दैनिकी कायमै छ। अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै भएर जमेको छ। उत्तरी हावाले पनि त्यहाँका बासिन्दाको जनजीवनमा असर पु-याएको छ। हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने स्थानीय प्रशासनले जनाएको छ।

पर्यटनमा राहत, किसानलाई आहत

बाक्लो हिमपातले यस पटक किसानलाई अप्ठेरो पारे पनि ग्रामिण भेगको पर्यटन क्षेत्रमा भने आन्तरिक पाहुनाको घुइँचो लागेको छ। अफसिजनका बेला सुनसान रहेको पर्यटन क्षेत्रमा दुईदिनका लागि भएपनि आन्तरिक पाहुना ग्रामिण भेगमा पुग्दा चहलपहल बढेको थियो। हिउँमा रमाउन एकाएक आन्तरिक पाहुना पर्यटकीय क्षेत्र पुग्दा त्यहाँका व्यवसायीले केही राहत अनुभव गरेका छन्।

माैसममा सुधार

मौसम पूर्वानुमान महाशाखाले हिमाली र पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेपनि बाँकी स्थानमा मौसम सफा रहने जानकारी दिएको छ।

कसैलाई रमाइलो, कसैलाई कष्ट

लगातार हिउँदे झरीका कारण काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको छ। हिमाली तथा पहाडी क्षेत्रका विभिन्न जिल्लामा भारी हिमपात पनि भएको छ। वर्षा र हिमपातका कारण कतिपय ठाउँमा यातायात तथा सञ्चारसमेत अवरुद्ध भएका छन्। हिमपातपछि बढेको चिसोले कतिपय घरबाट बाहिरसमेत निस्कन सकेका छैनन् भने कतिपय हिउँ खेलेर रमाइरहेका छन्। बिहीबारदेखि निरन्तर तीन दिनको वर्षाले जनजीवन कष्टकर बनाइरहेका बेला किसान भने बालीनाली सप्रने भन्दै खुसी पनि भएका छन्।

कर्णालीका हिमशृंखला सेताम्मे

दुइ दिनसम्मको हिमपातले कर्णालीका हिमशृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।

देशैभर हिमपात (फोटोफिचर)

देशैभर उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यका नजिकै रहेका पहाड फुलचोकी, शिवपुरी, नगरकोट, चन्द्रागिरीमा भारी हिमपात भएको छ।

हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे (फोटो फिचर)

बाक्लो हिमपातले गुल्मीका डाँडाकाँडा सेताम्मे भएका छन। लगातार ३ दिनदेखिको बर्षासगै जिल्लामा बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे भएका हुन।

हुम्ला र डोल्पामा भएकाे हिमपातले जनजीवन कष्टकर, हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्ला र डाेल्पामा पुनः हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले जिल्लाका अधिकांश क्षेत्रमा वर्षासँगै भएको हिमपातले जनजीवन निकै कष्टकर बनाएकाे छ। हुम्लामा बुधबार दिउँसो ३ बजेदेखि निरन्तर हिमपात भएपछि जिल्लाको अधिकांश क्षेत्रमा अत्याधिक चिसो बढेको छ।

पश्चिमी वायुकाे प्रभाव : शनिबारसम्म बदली र वर्षा हुने

पश्चिमी वायुको प्रभावले विहिबार देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ।

हिमपातले विमानस्थल बन्द

हिमाली जिल्ला डोल्पामा बिहीबार परेको हिमपातले जुफाल विमानस्थल बन्द भएको छ। बिहानैदेखि शुरु भएको हिमपातका कारण विमानस्थलमा बाक्लो हिँउ जमेको छ। जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो।

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

सातादिन पछि केहीदिन घाम लागेपनि फेरि बाजुरामा हिमपात सुरु भएको छ। हिमपात र बर्षासँगै बढेको चिसोले जनजीवन कष्टकर बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्