६ आश्विन २०८१ आइतबार
image/svg+xml

देशभर बर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ।  मौसम पूर्वाअनुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखी भारी हिमपात हुने छ। काठमाडौं उपत्यकामा पनि बिहीबार बिहानैदेखी सिमसिमे पानि परिरहेको छ।

हिउँ फेरुवा बिछ्याएर गाडी सञ्चालन

माघ ७ गते रातिबाट परेकोे भारी हिमपातका कारण २ सातादेखि अवरुद्ध सडकमा हिउँमा लिउ फेरुवा (हुम्लाकोे घरेलु कार्पेट )बिछ्याएर शनिबारबाट सञ्चालनमा ल्याइएको छ।

हिमपातले रोकियो हुम्लामा सडक निर्माण

हुम्ला एक मात्र त्यस्तो जिल्ला हो जुन अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। यस्तो अवस्थामा पछिल्लो समय तीव्रता पाइरहेको कर्णाली करिडोरअन्तर्गत सडक निर्माण पनि भारी हिमपातका कारण रोकिएको छ। यही माघ ७ गते भएको हिमपातका कारण सडक निर्माण अवरुद्ध भएको हो।

हुम्लामा फेरि हिमपात

माघ ७ गते परेको भारी हिउँ पग्लन नपाउँदै बिहीबार अर्को हिमपात भएको छ। पछि यहाँको जनजीवन कष्टकर भएको छ। यहाँको हवाई सेवा सञ्चालनमा आएको आठ दिनमै अवरुद्ध भएको छ। सदरमुकाम सिमकोटको तापक्रम घटेर माइनस ५ डिग्री सेन्टिग्रेड पुगेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका–६ को लिमीगाउँ हिमपातकै कारण सदरमुकामसँग सम्पर्कविहीन बन्न पुगेको छ।

धादिङमा पहिरोले पुरिएर दुई बेपत्ता

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ४, हिन्दुङमा पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन्। लगातार हिमपातपछि गएको पहिरोमा परी स्थानीय १८ वर्षीय धनबहादुर तामाङ र ४५ वर्षीय नुर्बु तामाङ हराएका हुन्। स्थानीय र प्रहरी मिलेर उनीहरूको खाजी गरिरहेका छन्।

हिमपातले जनजीवन कष्टकर

हिमपात नरोकिएपछि हिमाली जिल्लाको अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ।

गुल्मीका उच्च भूभागमा हिमपात, जनजीवन प्रभावित

गुल्मीका विभिन्न भागमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। शुक्रवार दिउँसोदेखि परेको वर्षासँगै जिल्लाका उच्च भूभागमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।

डोल्पामा तेस्रो पटक हिमपात, हवाईदेखि संचार सेवा अवरुद्ध

पश्चिम हिमाली जिल्ला डोल्पामा शुक्रवार राति पुनः भारी हिमपात भएको छ। तेस्रो पटक भएको हिमपातले डोल्पा सेताम्य भएको छ भने जनजीवन कष्टकर बनेको छ। डोल्पाको सदरमुकाम दुनैमै २ देखि ५ इन्च सम्म हिउँ जमेको छ भने जुफाल विमानस्थलमा ९ देखि १२ इन्चसम्म हिउँ जमेको छ।

चार दिनदेखि हवाई सेवा ठप्प

हुम्लामा शुक्रबार पुनः हिमपात भएपछि यहाँको हवार्ई सेवा अवरुद्ध भएको छ। हिमपातका कारण तीन दिनदेखि अवरुद्ध हवाई सेवा शुक्रबार चौथो दिन पनि अवरुद्ध बनेको हो। नेपालगन्ज र सुर्खेतदेखि सिमकोट विमानस्थलमा दैनिक उडान हुने गर्छ।

जमेको हिँउ नपग्लेपछि तीन दिनदेखि जुफाल विमानस्थल बन्द

हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल तीन दिनसम्म पनि नखुलेपछि यात्रु मर्कामा परेका छन्।

कठ्याङ्ग्रिएर एकको मृत्यु

जुम्लामा भारी हिमपातका कारण कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। सिजा गाउँपालिका ६ जोडु गाउँका २७ वर्षीय शिवचन्द्र बुढाको घर फर्कदै गर्दा गाडेखरुको लेकमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो।

ताप्लेजुङमा हिमपात (फोटो फिचर)

यो वर्षको हिउँदमा ताप्लेजुङमा दोस्रो पटक हिमपात भएको छ। करिब २५ दिनको अन्तरालमा यहाँ दोस्रोपटक हिमपात भएको हो। यति धेरै परिमाणमा हिमपात भएको चाँही करिब ५ वर्षको अन्तरालमा यो पटक हो।

शैलुङमा पाँच फिट हिउँ

रामेछाप र दोलखाको सगंमस्थल शैलुङमा पाँच फिट हिउँ जमेको छ। मंगलबार रातीदेखि लगातार हिउँ परेहेकाले त्यहाँको जनजीवन कष्टकर बनेको हाे। हिमपातले डाँडाकाडा सेताम्य भएका छन्। यो सिजनमा ३ पटक हिउँ परेकाले जनजिवन कष्टकर बन्दै भएको छ।

हुम्लामा हिमपातसँगै स्की (फाेटाे फिचर)

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा हिमपातसँगै पहिलो पटक स्की खेल (चिप्लेटी) सुरु भएको छ। हुम्ला  सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन युवा सञ्जालको आयोजना तथा स्की स्नोबोडिङ्ग फाउण्डेशन नेपालको सहयोगमा जिल्लामा पहिलो पटक स्की सुरु गरीएको हो।

देशका अधिकांश स्थानमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ। पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्