६ आश्विन २०८१ आइतबार
image/svg+xml

भूकम्पपीडित समस्यामा

रसुवाको माथिल्लो क्षेत्रमा शुक्रबार हिमपात भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्।

हिमपातले कतै सकस कतै खुसी

हिमपात विभिन्न बस्तीमा ओहोरदोहोरमा समस्या भएको छ भने चिसोले मानिसहरू घरबाहिर निस्केका छैनन्, घरभित्र आगो बालेर बसेका छन्।

सिजनको पहिलो हिमपात

लगातार हिउँ पर्दा गण्डकी प्रदेशका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा बिहीबारदेखि नै हिमपात भइरहेको छ।

कर्णालीमा हिमपात, जनजीवन कष्टकर

बिहीबार दिउँसोदेखि कर्णालीका जिल्लामा हिमपात सुरु भएको छ। कर्णालीको हुम्ला, मुगु, डोल्पा जिल्लामा हिजोदेखि हिमपात सुरु भएकोमा जुम्ला र कालिकोटमा रातिदेखि मात्र हिमपात सुरु भएको छ। हिमाली क्षेत्रमा हिँउ परिरहेको छ। तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।

रसुवाको माथिल्लो क्षेत्रमा हिमपात

रसुवाको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाको विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। यो वर्ष पहिलो पटक हिमपात भएको हो।

विद्यालय बन्द, चिसोले जनजीवन कष्टकर

जिल्ला सदरमुकाम मार्तडीसहित हिमाली भेगमा हिमपात सुरु भएको छ। शुक्रबार दिउँसोदेखि मार्तडीमा नै हिउँ पर्न सुरु भएको हो। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। हिमपात सुरुभएसँगै जिल्लामा चिसो बढेको छ।

सुदूरका पहाडी जिल्लामा हिमपात, भिमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ। घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ। डडेल्धुरा लगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो।

हिमपातले मनाङ र मुस्ताङ सेताम्य (फोटो फिचर)

हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।

देशभर चिसो बढ्यो, हिमाली जिल्लामा हिमपात

पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ।

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ। सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ। हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ।

जनजीवन कष्टकर, किसान खुसी (फाेटाे फिचरसहित)

निरन्तर हिमपात भइरहेकोले गाइबस्तु गोठ भन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन्। हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भइरहेको छ।

हिमपात हुन थालेपछि कृषक खुसी

छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि कृषक सरस्वती कार्की बिहीबार निकै खुसी देखिएकी थिईन। किन भने उनले खेतवारीमा छरेको जौं गहुँ राम्रोसंग उम्रिने र बारीमा हालेका प्लाष्टिक टनेल भित्रको तरकारी सप्रिनेमा उनी खुसी थिईन्।

हुम्लामा फेरि हिमपात: हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ।

हिमपात र चिसोबाट जोगिन विपतको तयारी

हिमाली जिल्ला डोल्पामा चिसो बढेसँगै हिमपात र चिसोबाट नागरिकलाई जोगाउन पूर्व विपत व्यवस्थापनको तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्