६ आश्विन २०८१ आइतबार
image/svg+xml

हुम्लामा हिमपात, जनजीवन प्रभावित (फोटो फिचर)

उत्तरी हुम्लामा बिहीबार राति बाक्लो हिमपात भएको छ। हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित बनेको छ। यहाँ चिसो अत्यधिक बढेपछि स्थानीय प्रभावित बनेक छन्। जिल्ला सदरमुकाम सिमकोटमा समेत हिउँ जम्न सुरु भएको छ।

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युत विहिन

अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

एबिसीका होटल भदौ १ देखि खुल्ने

गत फागुन दोस्रो साताको भीषण हिमपातले पुरिएका अन्नपूर्ण आधार शिविर (एबिसी)का होटलको पुनर्निर्माण सकिएको छ। आगामी भदौ १ गतेदेखि आधार शिविरका सबै होटल पहिलेकै आकारमा सञ्चालनमा ल्याउने व्यवसायीले बताएका छन्। फागुनमा पुरिएका होटल वैशाखदेखि मात्र मर्मत थालिएको थियो। बाक्लो गरी परेको हिउँ पग्लिन बढी समय लागेकाले ढिला गरी मात्र पुनर्निर्माण थालिएको थियो।

करोडौं क्षति, न्यून राहत

यो पटकको सिजनमा हिमाली जिल्ला मुस्ताङमा परेको बाक्लो र नियमित हिमपातले ४६ सय बढी पशु मरे। तीमध्ये अधिकांश भेडाच्यांग्रा, याक, चौरी, घोडा र गाइगोरु थिए। लामो समयसम्मको हिमपातले चरन क्षेत्र पुरिएर खान नपाउँदा ती पशु भोकभोकै मरेका थिए।

एबिसीमा हिउँले पुरिएका होटल ठड्याइँदै

अधिक हिमपातपछि पुरिएका अन्नपूर्ण आधार शिविर (एबिसी)का होटल बल्ल ठड्याउन थालिएको छ। हेलिकप्टरबाट निर्माण सामाग्री ओसारेर होटल निर्माण गर्न थालिएको हो। त्यसका लागि व्यवसायीले महँगो भाडा खर्च गरिरहेका छन्। सिजनको अधिक हिमपातले झण्डै दुई महिनादेखि त्यहाँका होटल बन्द छन्। आधार शिविर पुगेका पाहुनाले बास बस्न समेत पाएका छैनन्। एबिसीका होटल व्यवसायी जेबी गुरुङले हेलिकप्टरबाट सामान ओसारेर होटल बनाउन थालेको बताए। ‘हिमपातले होटल पुरिँदा गरिखाने व्यावसाय नै बन्द भयो। सधैंका लागि बन्द गरेर पनि भएन,’ गुरुङले भने, ‘त्यही भएर सिजन सकिने बेला भए पनि होटल ठड्याउन थालेका छौं।’

काठमाडौंमा मौसम बदली, बिहानैदेखि कालो बादल

शुक्रबारदेखि देशभरको मौसम बदली भइरहेको छ। मौसम परिवर्तनका कारण काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि अँध्यारो हुने गरि कालो बादल देखिएको छ।

मौसममा बदली : वर्षाको सम्भावना, उच्च पहाडी क्षेत्रमा हिमपात हुने

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ। जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ। हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए।

पशुबिमा नगर्दाको नोक्सान

मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसान पासाङ गुरुङले दुई सयभन्दा बढी च्यांग्रा पालेका छन्। १५ वटाजति भेडा र केही चौरी पनि छन्। तर, गुरुङले पालेका कुनै पनि पशुको बिमा गरेका छैनन्। पशुको बिमा गर्दा लगानी सुरक्षित हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि गुरुङले चासो दिएका छैनन्।

खान नपाएर १४ सय पशु मरे

झन्डै डेढ महिनासम्म परेको हिमपातका कारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङका किसानले करोडौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको छ।  मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार (१४ सय) पशु मरेको भेटिएका छन्।

भोकभोकै मरे भेंडाच्यांग्रा

बाक्लो हिमपातले चरनसमेत पुरिएपछि हिमाली जिल्ला मुस्ताङमा सयौंको संख्यामा भेंडाच्यांग्रालगायत पशु मरेका छन्। लोमान्थाङ गाउँपालिकाको चुङजुङका किसानले पालेका भेंडाच्यांग्रा मरेका हुन्। गाउँका चारजना किसानले पालेका ती भेंडाच्यांग्रा मरेको स्थानीयले बताए। पशु मरेपछि किसानले ठूलो क्षति भोग्नु परेको छ।

हिमपातले गोसाईकुण्ड पदमार्ग अवरुद्ध

हिमपातका कारण गोसाईकुण्ड पदमार्ग एक महिनादेखि अवरुद्ध भएको छ। स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणका रूपमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्ड जाने धुन्चे–गोसाइकुण्ड पदमार्ग अवरुद्ध भएका कारण पर्यटक चन्दनबारीसम्म पुगेर फर्कने गरेका छन्।

हिमपातले किसान मर्कामा, चरन क्षेत्रमा भेडा लैजान सकस

हिमपातले ५१ भेडाबाख्रा मरेपछि सिजा गाउँपालिका २ का गोबिचन्द्र तिरुवा निकै चिन्तित् छन। उनले पाटनमा भेडा पाल्दै आएका थिए। गाउँ नजिकैको पाटनमा हिउँ धेरै नपर्ने र घाम लाग्ने बित्तिकै चरन क्षेत्रमा लैजान निकै सहज हुने भएकोले यो पटकको हिउँदमा भेडाबाख्रा गाउँमा ल्याएनन्।

स्याउ किसानलाई फाइदै फाइदा

तातोपानी गाउँपालिकाका दलबहादुर खड्का स्याउ किसान हुन्। उनी गत वर्षहरू भन्दा यो वर्ष निकै उत्साहित छन्। समयमै ठूलो हिमपात भएकोले स्याउ सप्रिनेमा उनी ढुक्क छन्। बगैचामा स्याउमा पालुवा पलाउने समयमा हिमपात भएपछि हामी खुसी भएका छौं।

हिमपातले अवरुद्ध जुफाल विमानस्थल खुल्यो

हिमपातले अवरुद्ध डोल्पाको जुफाल विमानस्थल ४ दिनपछि खुलेको छ। गएको मंगलबार रातीदेखि परेको अविरल बर्षापछि जुफाल विमानस्थलको धावनमार्गमा ४ देखि ५ फुट हिउँ जमेपछि बुधबारदेखि विमानस्थल अवरुद्ध भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्