२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

मधेसी मोर्चाले भारतीय राष्ट्रपतिसँग सामुहिक भेट गर्ने

तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले मधेसी मोर्चामा आबद्ध दलसँग समुहिक भेट गर्ने भएका छन्। बिहीबार साँझ साढे सातबजे राष्ट्रपति मुखर्जी बसेको होटल हायातमा मोर्चाका नेताहरुले सामुहिक भेट गर्ने तय भएको मोर्चाका नेता एवं तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए।

कांग्रेस, एमाले, माओवादी र मधेसी नेताले एक ठाउँमा उभिएर लोकमानबारे यसो भने

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य रामनारायण विडारीले अबको साढे दुई महिनाभित्र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले पूर्णता पाउने दाबी गरेका छन्।

मधेसमा यसरी मनाइँदैछ दसैं

शक्ति पीठ तथा घरघरमा देवीको पूजापाठ गरी मधेसमा दशैँ मनाइँदै छ । महानवमीको दिन तराई मधेसका जिल्लाहरुमा अवस्थित सबै शक्तिपीठहरुमा दर्शनार्थी तथा श्रद्धालुहरुको भीडभाड लागेको छ । रौतहटको राजदेवी मन्दिर, पिपरा बजार, मत्सरी, गरुडा, कटहरिया, सन्तपुर लगायतका दुर्गा मन्दिरहरुमा सोमबार बिहानैदेखि भक्तजनको भीडभाड देखिएको छ । यसै गरी जिल्लाको अन्य भागमा बनाइएका दुर्गा प्रतिमालाई सजाएर पूजा गर्नेहरुको भीडभाड देखिएको छ ।

मधेस केन्द्रित दलका नाजायज माग पूरा हुँदैनन्ः मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्।

प्रधानमन्त्रीसँग मधेसी मोर्चाकाे आज ‘निर्णायक’ वार्ता

सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीसँग ‘फाइनल’ वार्ता गर्ने भएको छ। त्यसकालागि मोर्चाले आज तीनबजे प्रधानमन्त्रीसँग छलफल गर्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा मोर्चा कडा रुपमा प्रस्तुत हुने मोर्चाका नेताहरुले जनाएका छन्।

हिन्दीलाई राष्ट्रिय भाषा बनाउने सरकारकाे प्रस्ताव: मधेसी नेता

नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको माग सम्बोधन गर्ने उद्देश्यसहित गर्ने भनिएको संविधान संशोधनको प्रारम्भिक दस्तावेज तयार भएको छ ।

संविधान विरोधमा मधेसीको झिनो सहभागिता

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई 'कालो दिन' मनाउन निकै तामझाम गरे पनि अन्ततः उक्त कार्यक्रममा निकै थोरै सहभागी भए। मधेसका जिल्लामा विरोध कार्यक्रम केही प्रभावकारी देखिए पनि राजधानीमा भने विरोध कार्यक्रम 'सांकेतिक' रूपमा सीमित रह्यो।

पिसिएको मधेस

मधेसवादी दलपनि संविधान मान्ने शक्ति हुन् किनकि उनीहरूले संशाेधन गर्ने कुरामात्र गरेका छन्, संविधान नै हटाउनुपर्ने भनेका छैनन्। संशाेधन गरेर संविधानलाई दीर्घायू बनाउनुपर्छ।

मधेसी मोर्चामा विवाद चर्कियो

मधेसवादी दलले असोज ३ गतेलाई 'कालो दिन' को रूपमा मनाउने निर्णय गरे पनि विरोध कार्यक्रम भने फरक–फरक स्थानमा गर्ने तय गरेका छन्।

मधेस आन्दोलनका मुद्दा दशै अघि नै फिर्ता लिने सरकारको तयारी

काठमाडौं- सरकारले गत साउन यता देशभर भएका राजनीतिक घटनाक्रममा दोषी बनाएर दर्ता भएका मुद्दा फिर्ता गर्ने अन्तिम तयारी थालेको छ। गृह मन्त्रालय शनिबार आन्दोलनरत पक्ष, कानुन मन्त्रालय र महान्याधिवक्ता सहितको बैठकले कानुनी प्रकृया पुरागर्दै दशै अघि नै मुद्दा फिर्ता लिने तयारी थालेको हो।

दिल्लीको मधेस कार्ड

‘भारतले केपी ओलीको चेहरा हेरेर विमति जनाएको थिएन भने पुष्पकमल दाहाललाई हेरेर संविधानलाई कसरी स्वागत गर्छ ? दिल्लीले पुरानो अडान पुनः दोहोर्याउँदै संविधान संशोधन गरी असन्तुष्ट पक्षको माग सम्बोधनमा जोड दिएको छ ।

भारतीय पत्रकारले सोधे– के अब मधेस आन्दोलन हुँदैन?

दाहाल-नीतिश भेटपछि नीतिशसँग भारतीय संचारकर्मीले सोधे– ‘नीतिशजी नेपाल–भारत सीमा सुरक्षाका विषयमा अझै शंका छ, फेरी मधेस आन्दोलन सुरु नहोला?’ नीतिशले जवाफमा छोटो एक बाक्य मात्रै खर्चिए– ‘प्रचण्डजी सक्षम हुनुहुन्छ।’

प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा र संघीय लोकतान्त्रिक गठवन्धनसँग छलफल गरेका छन्।

दाहालसँग मधेसी मोर्चा क्रुद्ध

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल तीनबुँदे सम्झौता कार्यान्वयन प्रक्रियामा नलगी भारत भ्रमणमा जान थालेपछि मधेसवादी दल आक्रोशित भएका छन्। नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे सहमति कार्यान्वयन नभएपछि मधेसवादी दलको आक्रोश चुलिँदै गएको हो ।

प्रधानमन्त्री भएपछि दाहाल पहिलो पटक मधेसमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा जनसभा सम्बोधन गर्न आउँदै छन्। दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित उनी मिर्चैयाको मोहन उच्च माविमा माओवादी केन्द्रले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न सोमबार प्रधानमन्त्री आउँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्