दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
लितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ।
लितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमास्थल बन्नुअघि विमानस्थल बनाउन पहल गर्ने भनेर दलहरुले मतदातासँग मत मागेका थिए भने अहिले संचालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल गर्ने भनेर मतदाता रिझाउने प्रयास गरिरहेका छन। अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको मुद्दालाई अहिले चुनावी नारामा प्रयोग गर्ने गरिएको छ।
काठमाडौंमा बाक्लो तुँवालो लागेकाले पनि मौसम धुम्म भएको हो। पानी पर्ने सम्भावना अहिलेलाई देखिँदैन। यो बादलको प्रभाव अझै एकदुई घण्टा देखिनेछ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीका ९४१ वटै मतदानस्थलमा मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्।
ललितपुरको दाउरा थकालीमा आगलागी भएको छ। केहीबेर अघिदेखि आगलागी सुरु भएको हो। थप विवरण आउन बाँकी।
प्रतिनिधि सभाको निर्वाचन नजिकंदै जाँदा विरामीको चाप घटेको उपत्यकाका अस्पतालहरुले जनाएका छन।
प्रतिनिधि सभा निर्वाचनअघिको अन्तिम कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ।
यहि फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा सम्बन्धी निर्णय गरेको थियो।
पाकिस्तानको विमानस्थल कार्यालयले मध्येपुर्वमा देखिएको तनावका कारण मार्च महिनाभरी आफ्नो हवाई मार्गलाई व्यावसायिक उडानहरूको लागि आंशिक रूपमा बन्द गर्ने घोषणा गरेको हो।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ।
मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।
कतारले ग्यासको उत्पादन रोकेपछि युरोपेली ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि भएको छ।
निर्वाचन आयोग ले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
ट्रम्पले मध्यपूर्वको युद्धमा अब अमेरिका बेलायतमाथि निर्भर नरहने समेत संकेत गरेका छन्। उनले फ्रान्स लगायत अन्य देशहरू सहयोगी रहेको तर बेलायतको रवैया फरक र निराशाजनक रहेको टिप्पणी गरेका हुन्। कुनै समय ‘सबैभन्दा ठोस’ मानिएको यो गठबन्धन अहिले दबाबमा आएको ट्रम्पको बुझाइ छ।