पूर्व शिक्षा मन्त्री तथा म्याग्दी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार रहेर जितेका प्रतिनिधिसभा सदस्य महाविर पुनले आगामी राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत पुनले सरकार गठन भएको पहिलो दिनदेखि नै कानुनी प्रक्रिया पूरा गरेर भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन्। उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कहिल्यै उठ्न नसक्ने गरी सजाय दिनुपर्ने बताएका छन्।
विद्यमान कानुनले कारबाहीमा अवरोध पुर्याउँछ भने तुरुन्त नयाँ कानुन निर्माण गर्नुपर्ने र सरकारले भ्रष्टाचार रोक्न सकेन भने त्यो जनताप्रति ठूलो धोका हुने उनको भनाइ छ।
उनले तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने र भ्रष्टाचारसहित कुशासन अन्त्यका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
प्रकाशित: १० चैत्र २०८२ १०:४३ मंगलबार





-600x400-wm.jpg)