८ आश्विन २०८१ मंगलबार
image/svg+xml

देशभर बदलीसँगै वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अस्पतालमा मौसमी फ्लुका बिरामी बढे

कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ। मौसम परिवर्तन हुन लागेको यो समयमा मौसमी फ्लुको संक्रमण बढी नै हुन्छ। त्यस्तो फ्लुको लक्षण देखियो कि बिरामी कोरोना संक्रमण भन्दै अस्पताल आइपुग्ने गरेको चिकित्सकले बताएका छन्।

मौसमी फ्लुको संक्रमण बढ्यो

तीन सातादेखि फैलिएको मौसमी फ्लुको संक्रमण वृद्धि भइरहेको विशेषज्ञ चिकित्सकले जनाएका छन्। उनीहरू ज्वरो आउने, मांशपेशी दुख्ने, सुख्खा खोकी लाग्ने, रुघाखोकी जस्ता समस्याका कारण उपचारमा आउने बिरामीको संख्यामा वृद्धि भएको बताए।

मौसममा प्रि–मनसुनको प्रभाव

बर्खा सुरु हुनुअघिको तीन महिनाको प्रि–मनसुनको संघारमा हाल मौसम रहेकाले देशमा हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने, चट्याङसहित वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। 'अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन', मौसमविद् प्रधानाङ्गले भने।

‘पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना’

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

पश्चिमी वायुको प्रभाव हल्का वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ।

हल्ला कोरोनाको, संक्रमण मौसमी फ्लुको

रुघाखोकी लाग्नु, नाकबाट पानी बग्नु, ज्वरो आउनु, घाँटी दुख्नु, पातलो दिसा हुनुलगायत मौसमी फ्लुका लक्षण रहेको चिकित्सक बताउँछन्।

प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो

पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनमा मौसमको प्रभाव

मौसमले मनलाई प्रभावित पारेको हुन्छ । यी दुवै अन्तर सम्बन्धित हुन्छन् । मौसमी परिवर्तनले व्यक्तिको शारीरिक तथा मानसिक परिवर्तनमा प्रभाव पार्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार मौसम परिवर्तन हुँदा बिरुवाले पालुवा फेरेझैं मन परिवर्तित हुन्छ ।

मौसममा फेरि बदली, अपरान्ह पश्चात वर्षाको सम्भावना

केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा आशिंकदेखि सामान्य बदली भएको छ भने मध्य तथा पुर्वी तराई भू-भागमा हुस्सुरकुहिरो लागिरहेको छ। पश्चिमी भू-भागको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

गाउँमा सिंहदरबार पुग्यो, औषधि र चिकित्सक पुगेनन्

हुम्ला खार्पुनाथ गाउँपालिका- १ लालीका बीरजन शाही ज्वरो, रुघाखोकी, नाकबाट पातलो पानी बग्ने र हड्डी दुख्ने समस्याले ग्रसित छन्। उनी पटकपटक उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुगेर पनि औषधि उपचार नपाउदा निकै दुखि छन्। गाउँमा सिहंदरबार पुग्यो। बिरामीलाई औषधि र उपचार गर्ने चिकित्सक पुगेनन्। अन्तत: अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना भयो।

मौसम र मानिसको मन

जीवजन्तु, मौसम सबै एक अर्काका परिपूरक हुन् । धर्मग्रन्थहरुले वर्षभरिलाई ६ वटा ऋतुमा विभाजन गरेका छन् । तापक्रम, हावा, पानीको प्रकृतिअनुसार ऋतुको फरक–फरक स्वभाव, प्रकृति हुन्छ । त्यही प्रकृतिबीच हामी जीवनयापन गरिराखेका हुन्छौं । अहिले हामी हेमन्त ऋतुको कहर सकेर शिशिर ऋतुमा प्रवेश गरेका छौँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्