८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

देशभर बदलीसँगै वर्षाको सम्भावना

फाइल तस्बिर : नागरिक

काठमाडौँ - पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। उनका अनुसार यी तीन प्रणालीको समिश्रणले मुकुलभर हल्का वर्षा भइरहेको छ। आइतबारसम्म बिहान र दिउँसो केही समय मौसम खुले पनि अपराह्न तथा साँझापख निरन्तर वर्षा हुनेछ, उनले भने।मौसमविद्का अनुसार विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाले जनाएको छ।

मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने बताइएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका एक दुई स्थानमा चट्याङ्, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम  महाशाखाले जनाएको छ। शनिबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका एक दुई स्थान मध्य र पूर्वी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ। रासस

प्रकाशित: १२ वैशाख २०७७ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App