७ आश्विन २०८१ सोमबार
image/svg+xml

आज देशका अधिकांश भूभागमा मौसम सफा रहने

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

अबको १/२ दिन मेघगर्जन चट्याङसहित वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबको एक/दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

धान खरिद ३.१७ प्रतिशत मात्रै

नेपालगन्जमा गत वर्षको तुलनामा यस वर्ष ३.१७ प्रतिशत धान खरिद गरेको छ। बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिका कारण यस वर्ष धान खरिद धेरै कम भएको हो।

आगामी तीन दिनसम्म मौसम सफा रहने

आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम, मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साँझदेखि मौसममा सुधार हुने

महाशाखाका अनुसार शनिबार प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य प्रदेशमा आंशिक बदली हुनेछ। प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागमा हलुका वर्षाको सम्भावना छ।

बुधबार रातिबाट मौसम थप प्रभावित हुने

हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर

पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।

भोलिदेखि वर्षाको सम्भावना

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।

एमालेको अधिवेशन ६१ जिल्लामा हुँदै, प्रतिकूल मौसमका कारण १६ जिल्लामा स्थगन

प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ।

बेमौसमी वर्षा: ७ करोड बढी काँचो ईटा नोक्सान

शिवराज नगरपालिकामा रहेको लोकप्रिय ईटा उद्योग सञ्चालक तथा उद्योग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अली मियाले बर्षाले उद्योगमा ६ लाख बढी काँचो ईटा नोक्सान भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्