१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगामी तीन दिनसम्म मौसम सफा रहने

आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ।

उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका केही भूभागमा हुस्सुकुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सोमबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि पहारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ।

प्रकाशित: २९ माघ २०७८ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App