२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

साँझदेखि मौसममा सुधार हुने

मौसमविद्ले शनिबार साँझदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने बताएका छन्। ‘शनिबार साँझदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जान्छ। आइतबार घाम लाग्ने सम्भावना छ,’ वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु सक्रिय भएका कारण बिहीबारदेखि यसको असर देशभर देखिएको जनाएको छ।

महाशाखाका अनुसार शनिबार प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य प्रदेशमा आंशिक बदली हुनेछ। प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागमा हलुका वर्षाको सम्भावना छ।  

शनिबार पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ।

नगरकोटमा एक फिट हिउँ

भक्तपुर संवाददाताका अनुसार नगरकोटमा शुक्रबार एक फिटसम्म हिउँ परेको छ। दिउँसो एक बजेदेखि साढे तीन बजेसम्म हिउँ परेको हो। हिउँमा खेल्न धेरै मानिस नगरकोट पुगेका थिए। ११ वर्षपछि नगरकोटमा एक फिटसम्म हिउँ परेको स्थानीयले बताएका छन्। नगरकोट पर्यटकीय गन्तव्य हो। भक्तपुरको घ्याम्पेडाँडामा पनि हिउँ परेको छ। त्यस्तै काठमाडौंको चन्द्रागिरि डाँडा र शिवपुरीमा पनि हिउँ परेको छ।

प्रकाशित: २२ माघ २०७८ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App